Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकतारमा कोरोनाबाट ८३५ जना संक्रमित, २ को मृत्यू , आजमात्र ५४ जना संक्रमित भएको पुष्टि

कतारमा कोरोनाबाट ८३५ जना संक्रमित, २ को मृत्यू , आजमात्र ५४ जना संक्रमित भएको पुष्टि


दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज  थप ५४  जना संक्रमित  भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ८ सय ३५  पुगेको छ । भने अहिले सम्म २ जनाको मृत्यू भएको छ।

त्यस्तै आज मात्र ९ जना पूर्ण निको भएका छन्।  यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या ७१ पुगेको छ । आज सम्म २४ हजार ८ सय २५ को जाँच भएको छ । संकास्मत लक्षण देखिएका विरामीहरुलाई निकै चनाखो र अभियान नै चालेर दिनहुँ परिक्षण गरिएको छ।

कोरोना भईरस न्यूनीकरण गर्नको लागि कतार सरकारले विभिन्न भाषामा हरेक दिन सूचना प्रकाशन प्रशारण तथा माईकिङ्ग गरेर सबैलाई सचेत पारिरहेको छ।

खाद्यान्न लगायतको समस्या समाधानको लागि कतार च्यारिटी मार्फत नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ लगाएतका सस्थाहरु निरन्तर लागि रहेका छन्।  अहिले सम्म कुनै पनि नेपाली समस्यामा परेका छैनन्।

कुनै समस्या परे तत्काल खबर गर्न उक्त संघहरुले आह्वान गरेका छन्।  जसका लागि संघको फेसबुकमा वा सम्बन्धित संघमा फोन वा म्यासेज गर्न सकिने छ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस