Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फयुएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह

युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह


युएई – कोरोना भाइरस को बढ्दो प्रकोपलाई न्यूनीकरण गर्न युएई सरकारले देश भर सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित (स्टेरिलाईजेशन) गर्न राष्ट्रिय कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

यो अभियान आज २६ मार्च बिहिवार साँझ ८ बजे देखि २९ मार्च आईतवार बिहान ६ बजे सम्म संचालन हुने सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिएको छ ।

उक्त राष्ट्रव्यापी अभियानको समयमा दुबई मेट्रो सहित सार्वजनिक यातायातको संचालनमा रोक लगाईनेछ । उक्त अवधिमा अत्यावश्यक औषधि र खाद्यन्न किन्न बाहेक अन्य कामकालागी घरबाट बाहिर ननिस्कन सरकारले अपिल गरेको छ । यदि यस सुचनालाई कसैले उल्लंघन गरे जेल सजाय र जरिवाना समेत हुने जनाएकोछ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस