Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकतारमा पुग्यो ५६२ कोरोना संक्रमित, आज थप १३ जना, आज देखि थप नयाँ कदम

कतारमा पुग्यो ५६२ कोरोना संक्रमित, आज थप १३ जना, आज देखि थप नयाँ कदम


दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १३ जना संक्रमित  भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । त्यस्तै अहिले सम्म ४३ जना निको भएर घर फर्केका छन् । आज सम्म १४ हजार ८ सय ४५ को जाँच भएको छ ।

आज देखिएका नयाँ संक्रमितहरु अधिकांश बाहिर बाट कतार ल्याइएको संक्रमितहरु रहेका छन्। सबै संक्रमितहरुलाई क्वारेन्टाइनमा राखिएको छ र आवश्यक चिकित्सा स्याहार नियित गरिदै छ।

कोरोना न्यूनीकरण गर्न को लागि कतार सरकारले आजै देखि लागु हुने गरि थप नयाँ कदम चालेको छ।

कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु जस्ता  त्यस्तै  :

  • भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ ।
  • यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने ।
  • क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक  पसलहरु भोलि बाट बन्द गरिने ।
  • कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिसा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने ।
  • मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने ।

क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस