गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोना संक्रमित संख्या ५४९ पुग्यो, आज देखि यस्तो चालियो थप कदम कतारमा कोरोना संक्रमित संख्या ५४९ पुग्यो, आज देखि यस्तो चालियो थप कदम दीप संञ्चार चैत्र १४, २०७६ गते ९:३९ मा प्रकाशित दोहा– कतारमा विहिबार मात्रै थप १२ जना कोरोना भाइरस (कोभिड -19) संक्रमीत भेटिएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५ सय ४९ पुगेको छ । अहिले सम्म ४३ जना निको भएर घर फर्केका छन् । आज सम्म १३ हजार ६ सय ८१ को जाँच भएको छ ।पत्रकार सम्मेलनमा भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने बताएइएको छ । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले सम्मेलनमा बताएका छन् ।साथै यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने । कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिषा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरिएको उक्त सम्मेलनमा क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने तथा मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने जानकारी दिइएको थियो ।कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन कतार सरकार द्वारा हरेक दिन राती ९ बजे पत्रकार सम्मेलन गरिदैँ आएको छ ।कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु जस्ता त्यस्तै :भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ ।यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने ।क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने ।कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिसा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने ।मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न