गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए सुर्य बहादुर खवास चैत्र १३, २०७६ गते १४:२६ मा प्रकाशित यूएइ – यूएइमा बुधबार मात्र नयाँ थप ८५ जना कोरोना भाईरस (कोभिड १९) संक्रमितहरु भेटिएका छन्। यो संगै यूएईमा संक्रमितहरुको संख्या ३ सय ३३ जना पुगेको छ। जस मध्ये २ जनाको मृत्यु भएको छ भने ४१ जना निको भएर घर फर्केका छन्।युएइमा कोरोना संक्रमित दुई नेपाली सहित ४१ जना पुर्ण स्वस्थ भई घर फर्केको युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिएको छ । पछिल्लो पटक पुर्ण स्वस्थ भै घर फर्कनेमा २ नेपाली र १ इरानी नागरिक रहेका छन । पुर्ण स्वस्थ भै घर फर्किनेमा सोमबारसम्म ४१ जना भएको जनाइएको छ। युएइले १४ दिनका लागि अधिकांश सपिङ मलहरू, कमर्सियल सेन्टर, मासु तथा सब्जी पसल बन्द गर्ने भएको छ । तर लुलु हाइपरमार्केट र क्यारीफोर मार्केट भने सह जीवनयापनका लागि खुल्ला रहनेछन्। यसैगरी होटल रेष्टुरेन्टहरूले डेलिभरी सेवा मात्र प्रदान गर्न सुझाइएको छ। सार्वजनिक पार्क , समुद्रि तटमा जान रोक लगाईएको छ भने आवश्यकता नपरी बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। युएइले १४ दिनका लागि ट्रान्जिट भएर आउने जाने हवाई सेवालाई समेत रोक लगाएको छ ।विश्वव्यापी रूपमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको नियन्त्रणको लागि युएइ सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ। क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा