Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द

कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द


दोहा – विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९ ) को प्रभाव कतारमा केहि न्यूनीकरण भए पनि हरेक दिन नयाँ संक्रमित भेटिने क्रम जारि नै रहेको छ।  बुधबार मात्र थप ११ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ ।

कतार स्थित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अहिले सम्म चिन्ताजन र मृत्यू को संख्या सुन्य रहेको छ ।  अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । बुधबार सम्म  संकास्त्मक १२ हजार २ सय ५८ को जाँच भएको छ भने निकै सावधानीका साथ देशै भर लक डाउन जस्तै गरि राखिएको छ।

आजदेखि देश भरका पैसा पठाउने स्थान बन्द: 

कतार सरकारले दिन दिनानुदिन संक्रमित को संख्या थपिने क्रम जारि रहेको हुँदा आज बाट देशभरका मनि एक्सचेन्ज (पैसा पठाउने स्थान) बन्द गर्ने निर्णया गरेको छ। तर मोबाइल बैंकिङ (अनलाइन) सेवा भने खुला नै रहनेछ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस