Techie IT
×
गृहपृष्ठग्लोबलगल्फअर्घाखाँची सेवा समाजले गर्यो कार्यक्रमको तयारी पूरा, गायक बेल्बासे कतारमा

अर्घाखाँची सेवा समाजले गर्यो कार्यक्रमको तयारी पूरा, गायक बेल्बासे कतारमा


दोहा – अर्घाखाँची सेवा समाज कतारले कार्यक्रमको तयारी पूरा गरेको छ । १४ फेब्रुअरी शुक्रवार हुने भनिएको वनभोज तथा  सांस्कृतिक कार्यक्रम नेपाली लोकदोहोरो क्षेत्रमा स्थापित गायक कुशल बेल्बासे कतार आइपुगेसंगै लगभग तयारी पूरा भएको समाजले जनाएको छ ।

स्थानिय कलाकारहरु चर्चित लोकदोहोरी गायिका इन्दिरा शाह, दिपेन्द्र सुनार, पुजा गजुरेल, उर्मिला लामा, रामकृष्ण परियार, सन्दिप राई र मगर संघ लागएतको बेजोड प्रस्तुति रहनेछ कार्यक्रममा रार्ष्ट्रिय चर्चित लोक तथा दोहोरी गायक कुशल बेल्बासेको प्रस्तुति प्रमुख आकर्षणको रुपमा रहने छ ।

नेपाल एयर लाइन्सको जहाज बाट करिपन २ बजे कतारको हमाद अन्तरास्ट्रिय एयपोर्टमा आइपुगेका बेल्बासे लाई स्वागत गर्न सस्थाका पदाधिकारीहरु अध्यक्ष टेकराज थापा प्रथम उपाध्यक्ष बिष्णु कुँँवर, संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार ,सल्लाहकार केदार नाथ भुसाल,महासचिव बाला राम पाण्डे, कोषाध्यक्ष नेत्र प्रसाद आचार्य, कार्यसमिति सदस्य बलु खत्री, बिष्णु केसी, शोभाखर भुसाल, तिलक राम घिमिरे लगायतका ब्याक्तित्व हरु उपस्थित भएका थिए भने उन्लाइ खादा र पुस्पगुच्छा अर्पण गर्दै स्वागत गरिएको थियो ।

तयारीका साथ कतार आइपुगेका गायक बेल्बासेले आफ्ना साँगितिक प्रस्तुतीले भरपुर मनोरञ्जन प्रदान गर्ने र कार्यक्रममा कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थित जनाएर भव्य एवं सभ्य तरिकाले सफल पारिदिन अनुरोध गरे ।

रातोघलेकीमा गितको वोलबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीयका प्रदेशीहरु कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, बाँचे घर आम्ला चुयने खरको छानोमा टिन लाउँला नरौं मेरी आमा नरौ मेरा बाबा भन्ने माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल, रानिफुल लगाएत करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।

सस्थाका सल्लाहकार केदारनाथ भुसालको सयोजनमा हुन लागेको बृहत कार्यक्रम कतारको शुन्दर ठाउँ सहानिया स्थित अल दोसरी (जु) पार्कमा १४ फेब्रुअरी २०२० का दिन आयोजना हुने र तेस्रो बनभोज तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि भुसालले जानाकारी गराए ।

उक्त दिन समाजले कतारमा कार्यरत अर्घाखाँची बासी, गैर-अर्घाखाँची बासी बुद्धिजीवी, समाजसेवी,दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको समाजका अध्यक्ष टेकराज थापाले बताए ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस