सन्ध्याग्रुप अल्खोर कतारको छैटौं अधिबेशन सम्पन्न निर्बिरोध अध्यक्षमा गणेश क्षेत्री
दोहा – सन्ध्याग्रुप अल्खोर कतारको छैटौ अधिबेशनबाट निर्बिरोध रुपमा गणेश क्षेत्रीको अध्यक्षतामा एक रिक्त पद मनोनित गर्ने गरि १५ सदस्यीय कार्यसमिती स्वस्फूर्त रुपमा चयन भएको छ।
“समाज बिकाशमा प्रबासीको योगदान” भन्ने मुल नाराका साथ सन २००२ मा कतारमा स्थापित सस्थाका तीन बिभागहरु छन जस्मा सास्कृतिक , साहित्यिक र खेलकुद ।
सस्थाका का. वा अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा एन आर एन ए (एन सी सी) कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।बिशेष अतिथिहरुमा सन्ध्याग्रुप अल्खोर कतारका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई ,बिशेष सल्लाहकार राम प्रसाद पराजुली,सल्लाहकार रामजी अधिकारी रहेका थिए।
सस्थाले कतारमा रहेर पनि नेपाली साहित्यमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै कार्यक्रमका विशेष अतिथी अनेसास कतार च्याप्टरका पुर्ब अध्यक्ष रेगिस्तानी कवि तिर्थ सङ्गम राई लाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेको छ त्यसैगरी विभिन्न समयमा सहयोग पुर्याउनु हुने सहयोगी सस्थाहरुमा नेपाल प्रबासी तामाङ समाज कतार,नवोदित साहित्य वाचनालय कतार,अनेसास कतार च्यापटर, सङ्घिय लिम्बुवान सामाजिक मंच लगाएत विभिन्न संघ सस्थाहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ।
त्यसैगरी सस्थाको हरेक प्रहरमा सुझाब, सल्लाह र प्रतिक्रिया दिदै सहि बाटोमा हिडाउन अतुलनिय योगदान पुर्याउनुहुने सस्थाका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई , विशेष सल्लाहकार राम प्रसाद पराजुली र सल्लाहकार रामजी अधिकारी लगाएतका ब्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ।साथै सास्कृतिक बिभाग लगाएत बिभाग अन्तर्गतका कलाकार साहित्यकारुहरुलाई प्रशङ्सा पत्र प्रदान गरिएको छ।
सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७७ औ वाचन डबली समेत रहेको उक्त कार्यक्रममा कतारमा छरिएर रहेका दर्जनौ साहित्यकारहरुमा महेन्द्र खड्का, सेखर बस्नेत,राम जि अधिकारी छेत्री,तिर्थ सङ्गम राई,प्रेम प्रसाद भट्ट्राई लगाएतका ब्यक्तित्वहरुले आफ्नो साहित्यिक प्रस्तुति राखेका थिए।त्यसैगरी साङ्गितिक प्रस्तुती राख्नेहरुमा पुजा गजुरेल, उज्वल तामाङ लगाएतका कलाकारहरु रहेका थिए।
त्यसैगरी कार्यक्रम सफलताको शुभकामना राख्नेहरुमा कार्यक्रमका विशेष अतिथिहरुमा मोना कतारका अध्यक्ष तिलु शर्मा, अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापा,नवोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली, नेपाल पत्रकार महासङ्घ कतारका अध्यक्ष करिम बकस मियाँ, छिमेकी मार्ट लिमिटेड का अध्यक्ष शंखलाल तामाङ,नेपाल प्रबासी तामाङ समाज कतारका सह- कोषाध्यक्ष सुबास तामाङ,लिम्बुवान सामाजिक मंच कतारका देवन लिम्बू,समाजसेबी बिमल पोख्रेल,प्रभात त्रिपाठी,तिल बिक्रम थेबे,राम चन्द्र ग्याबा तामाङ,अजिज अली लगाएतका ब्यक्तित्वहरुले शुभकामना मन्त्यब्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथी मोहम्मद मुक्तादा मुसलमानले बोल्दै सन्ध्याग्रुप अल्खोर कतार छुट्टै बिशेषता बोकेको पुरानो सस्था हो जस्ले प्रबासमा रहेर पनि सास्कृतिक,साहित्यिक र खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाएको सामाजिक सस्था हो।सम्पुर्ण कार्यसमितिलाई धन्यबाद तथा छैटौं अधिबेशनबाट निर्बाचित हुनुहुने सम्पुर्ण कार्यसमितिलाई अग्रिम शुभकामना दिएका थिए। आगामी दिनमा एन आर एन ए( एन सी सी) कतार सङ समन्वय र सहकार्य गर्ने बताउदै उर्दु भाषामा एउटा कबिता समेत सुनाएका थिए।
अन्त्यमा कार्यक्रमका सभापती गणेश क्षेत्रीले सन्ध्याग्रुप अल्खोर कतारको छैटौ अधिबेशन तथा ७७ औ वाचन डबली कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिनु हुने सम्पुर्ण संघ सस्थाका प्रतिनिधिहरु सल्लाहकारहरु,कलाकार,साहित्यकार खेलाडीहरु लगाएत सम्पुर्णलाई धन्यबाद दिदै आफ्नो कार्यकालमा कार्यभार सम्हाली पदिय जिम्मेवारी पूरा गर्नुहुने सम्पुर्ण सदस्यहरुलाई प्रशन्सा पत्र हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने स्वागत मन्तब्य सस्थाका सल्लाहकार रामजी अधिकारी तथा कार्यक्रमको सहजिकरण महासचिब सन्तोष केसी र सह सचिब अर्जुन पौडेलले गरेका थिए।
दोस्रो चरणको कार्यक्रममा सन्ध्याग्रुप अल्खोर कतारको छैटौं अधिबेशनमा अनेसास कतार च्याप्टरका पुर्ब अध्यक्ष साहित्यकार प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समितिहरुमा अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापा,नबोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली रहेका थिए।
जसबाट निर्बिरोध रुपमा गणेश क्षेत्रीको अध्यक्षतामा कार्यसमितिको पहिलो बैठकबाट एक रिक्त पदमा मनोनित गर्ने गरी पन्ध्र सदस्य कार्यसमिती चयन भएको छ।जसानुसार प्रथप उपाध्यक्ष – सन्तोष केसी, द्वितीय उपाध्यक्ष – राज रुजाल, महासचिव – प्रेम घिसिङ तामाङ, सचिव – अर्जुन पौडेल, कोषाध्यक्ष – नारायण हमाल, सह- कोषाध्यक्ष – सन्जिब खाती चयन भएका छन त्यसैगरी सदस्यहरुमा सुबास खनाल, प्रकाश बोहोरा, ज्योती भट्टराई , बिबिशा लुईटेल, भल श्रेष्ठ , नवराज कार्की र पावेल उपाध्याय निर्बाचित भएका छन।
क्याटेगोरी : गल्फ
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस