Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाली व्यवसायी संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महेन्द्र चौलागाई

नेपाली व्यवसायी संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महेन्द्र चौलागाई


दोहा – नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेशन शुक्रवार दोहामा सम्पन्न भएको छ । कतारमा रहेका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले २ वर्ष पहिला स्थापना भएको संघको प्रथम अधिबेशन संघका अध्यक्ष महेन्द्र चौलागाईको सभापतित्व एवं गैर आवासिय नेपाली संघ (एनआरएनए आईसिसी)का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यमा सप्पन्न भएको थियो ।

अधिबेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्तले कतार आफैमा व्यवसायीहरुका लागि उर्वर भुमी रहेको बताउदै गैर आवासिय संघको खम्बाका रुपमा रहेका व्यवसायीहरु एक ठाउँमा पाउदाँ आफू निकै खुसी भएको वताए ।

पन्तले सबैलाई दिर्घकालिन सवल र सक्षम बनाउन सानो सानो सहभागितामा ठूला, मझौला खालका प्रोजक्ट गर्नु पर्नेमा जोड दिदै भने, ‘हामिले विदेशबाट सिकेर नेपाल गएका नेपालीहरुको ज्ञान, शिप र प्रविधिलाई सदुयोग गर्न सक्यो भने मात्र पनि ठूलो उपलब्धि हुनेछ ।’ पन्तले थपे, ‘ठूलो लगानीको मात्र कुरा नगरौैं, यो भन्दा पृथक ढंगले अगाडि बढ्नु पर्छ र सानोसानो लगानीबाट ठूलो प्रोजेक्ट सम्पन्न गर्नु पर्दछ ।’ पन्तले कतारमा कृयाशिल व्यवसायीहरुलाई उचाईमा पुराउन चालेको यस कदमको उच्च प्रशंसा गर्दै नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबै व्यवसायीलाई आग्रह पनि गरे ।

संघका संरक्षक डा. देवकाजि डंगोल, सल्लाहकार टिबि कार्की, प्रशुराम दाहाल र संचारकर्मी उषा वाग्लेको विशेष अतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्यव राख्दै संघका उपाध्यक्ष नरेन्द्र भाटले उपस्थित सबैलाई स्वगत गर्दै सपूर्ण व्यवसायीहरुलाई एकक्रित हुन र केही नयाँ काम गर्न उत्प्रेरित गर्न आग्रह गरेका थिए ।

मेडिकल व्यवसायी डा. नितेस अर्याल तथा एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ्गले सम्बोधन गरेको कार्यक्रममा सभापति चौलागाइले कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल पार्न साथ, सहयोग र अहोरात्र खटिने सबै प्रति आभार व्यक्त गर्दै सबै साथीहरु एकिकृत भैइ सस्थालाई उच्च गति दिन आग्रह गरे । चौलागाईले भ्रमण वर्ष २०२० सफल बनाउन व्यवसायी संघले एनआरएनएसंग सहकार्य गर्दै अघी बढ्ने प्रतिवदता व्यक्त गरे ।

यसै वीच नेपाली राज दुतावासमा ३ वर्ष लामो सेवा गरी नेपाल फिर्ता जाँदै गरेका श्रम शहचारी नरेन्द्र ज्ञवाली र २ वर्ष कार्यकाल समापन गरी नेपाल फिर्ता जानलागेका श्रम काउन्सिलर शिवराम पोखरेललाई व्यवसायी संघले विदाई तथा सम्मान गरेको थियो ।संस्थाका अध्यक्ष चौलागाई र प्रमुख अतिथी कुमार पन्थले दोसल्ला ओडाई सामुहिक सम्मान तथा विदाई गरिएको थियो ।

कार्यक्रममा नेपाली दुतावासका नियोग उप–प्रमुख लक्ष्मण खनाल, गल्फ टाईम्सका प्रतिनिधि, उषा वाग्ले र शिवराज गौतमलाई पनि कतारमा रहेका नेपालीहरुलाई दिएको योगदानको उच्च मुल्याकंन गर्दै मायाको चिनो दिई सम्मान गरिएको थियो ।

डा. देबकाजी डंगोल संयोजक, सदस्य सचीव टिबि कार्की र  होमनाथ शर्मा सदस्य रहेको निर्वाचन समिति र तदर्थ समितिको कुशलताको कारणले सर्वसम्मत रुपमै निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । यस्ले राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा पनि  राम्रो सन्देश पर्वाह गरेको छ । चौलागाईको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ । २१ जना सदस्य रहेन कार्यसमितिमा २ जना सदस्य कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरिने छ ।

समानान्तर मर्यादा क्रम रहेने गरि ५ जना उपाध्यक्ष चयन गरिएको छ । पुरै कार्यसमिति नै निर्विरोध चयन गरिएको समितिको उपाध्यक्षहरुमा राजेन्द्र कुमार शर्मा, नरेन्द्र बहादुर भाट, राज रेग्मी, सागर नेपाल र प्रकाश कोइराला रहेका छन् ।

त्यस्तै महासचिवमा रमेश भट्ट, सचिवमा  पुर्ण पोखरिया र सुनिल कुमार घिमिरे चयन गरिएको छ भने कोषाध्यक्ष चुडामणी कार्की र सह-कोषाध्यक्षमा अब्दुल वासिदलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा राम कुमार श्रेठ, नबिन सत्याल,  यूव राज शर्मा, पिताम्बर चापागाई, धन बहादुर बलायर, रामु रेग्मी, बालकृष्ण शर्मा र सुरज बुढाथोकि चयन गरिएको छ ।

सामाजिक उत्तरदायित्व सहितको व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका उपाध्यक्ष तथा सफल व्यवसायी आरके शर्माले सहाभागीहरुलाई प्रस्टाएका थिए भने कार्याक्रमको सहजीकरण संस्थाका महासचिव सागर नेपालले गरेका थिए ।

 


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस