Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकलाकार रबिन लामिछाने र देवी आले दोहामा

कलाकार रबिन लामिछाने र देवी आले दोहामा


दोहा, चर्चित राष्ट्रिय लोकदोहोरी गायक रबिन लामिछाने र गायिका देबी आले कतार आइपुगेका छन् । गोरखा सेवा समाज कतारले भोलि १८ डिसेम्बर मा गर्ने लागेको विविध सास्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रममा भाग लिन कलाकार दोय कतार आएका हुन् ।

कलाकार हरुलाई दोहाको हमाद इन्टरनेसनल एयरपोर्ट मा स्वागत गर्न को लागि सस्थाका पधादिकारी हरुको उपस्थिति थियो l

सेवा समाज कतारले हरेक वर्ष आफ्नो स्थापना दिवस नेपालबाट बिभिन्न कलाकार बोलाएर कतार मा कार्यरत जिल्ला बासि तथा गैर जिल्ला बासि नेपाली हरुलाई मनोरंजन दिदै आएको छ l बिगतमा जस्तै यसपटक पनि भरपुर मनोरंजन लिनको लागि समाजले सम्पूर्ण कतार बासि नेपाली हरुलाई निमन्त्रणा गरेको छ l

अल दोषरी पार्क (सहानिया) हुने बनभोज तथा सास्कृतिक कार्यक्रममा जानको लागि दोहाको बिभिन्न ठाउँ बाट यातायातको सुबिधा रहेको संयोजक ज्ञानेन्द्र न्यौपानेले प्रभाव संगको कुराकानी मा बताए l


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस