Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाल आदिवासी जनजाति महासंघ युएईको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ युएईको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका अध्यक्ष गेल्जे शेर्पाको प्रमुख आथित्यमा हिजो ३ डिसेम्बर आईतबारका दिन दुबईस्थित सिल्भर स्पून रेष्टरेण्टको हलमा सम्पन्न भएको छ ।

नेपाली राष्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुको शुभकामना मन्तव्य राख्नु भएको थियो । महासंघमा आवद्ध युएई क्रियाशिल ११ वटा जनजातिहरुको संस्थाको प्रतिनिधित्व गर्दै नेपाल मगर संघ शाखा युएईका अध्यक्ष नयन घर्ती मगरले मन्तव्य राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा मुख्य रुपले पहिचानको आन्दोलनसंगै आगामी कार्य दिशाालाई नेपालका आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति, परम्परा र भेषभूषाहरुको उत्थान गर्दै लैजानु पर्नेमा ध्यान केन्द्रित गराईएको थियो । यसैगरी नेपालमा रहेका मात्री संस्था र प्रवासमा क्रियाशिल संस्थाहरु बीचको समन्धलाई अझै बलियो तरिकाले जोड्दै हरेक गतिविधिहरुको आदानप्रदान गर्नुका लागि बिशेष पहल गर्नुपर्नेमा जोड दिएको थियो । जसले गर्दा प्रवासमा कार्यरत श्रमिकहरुलाई आई पर्ने समस्याको समाधान गर्नमा सहज र सरल हुनेमा विस्वास लिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई नेपालबाट आउनु आएका अतिथिहरुले क्रमबद्ध रुपमा उत्तर दिएका थिए ।

नेपालबाट आउनु भएका नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका अध्यक्ष गेल्जे शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका महासचिव दिवस राई र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख बुद्ध घर्तीलाई नेपाल आदिवासी जनजाति महासंघ युएई र अन्य मातृ संस्थाहरुले सम्मान समेत गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव धनकृष्ण राईले संचालन गरेका कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुले गरेका थिए । त्यसैगरी बिशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका महासचिव दिवस राई, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख बुद्ध घर्ती, जनजाति ईन्गेजमेण्ट स्पेशीलिस्ट अनेस्कोका प्रतिनिधि बर्षा लेखी, राष्ट्रिय आदिवासी जनजाति महिला मंच नेपालकी अध्यक्ष सुनी लामा र नेपाल आदिवासी जनजाति महासंघ आईसीसी संयोजक तथा संरक्षक पासाङ शेर्पा रहेका थिए । साथै अन्य अतिथिहरुमा ११ वटा मातृ संस्थाका संस्था प्रमुख, विभिन्न पदाधिकारीहरु र पत्रकारहरु रहेका थिए ।


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस