गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संञ्जालको कलम परियोजनार्थ आयोजित कार्यक्रमको तयारी पूरा संञ्जालको कलम परियोजनार्थ आयोजित कार्यक्रमको तयारी पूरा दीप जङ्ग शाह असोज १४, २०७६ गते १७:५१ मा प्रकाशित दोहा, गरिव तथा जेहेन्दार विद्यार्थीको अध्ययनको सहोगार्थ स्थापना गरिएको कलम परियोजनालाई निरन्तरताका लागि आयोजना गरिएको विजया दशमी शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम २०७६ को तयारी पूरा भएको छ ।यही अक्टोबर ४ का दिन कतार स्थित फिलिपिनो मार्केट नजिक रहेको गल्फ होराईजन होटलमा ठकुरी सहयोग संञ्जाल कतारले आयोजना गर्न लागेको उक्त कार्यक्रमको लागि नेपालबाट आउने आमन्त्रित कलाकारहरुको टिम भने ३ अक्टोबर विहान मात्र कतारमा अवतरण हुनेछन् ।सभ्य भाषा, सभ्य संकृती, हाम्रो पहिचान, शैक्षिक र आर्थिक समृद्दिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान भन्ने मुल नाराका साथ सामाजिक कार्यमा निकै सकृयका साथ लागि परेको संञ्जालले उक्त कार्यक्रम डल्ला ड्राइभिङ स्कूलको सभाहलमा गर्ने भनिएको भए पनि प्राविधिक समस्याका कारण स्थान परिवर्तन गरी गल्फ होराईजन होटलमा आयोजना गरेको हो । स्थान परिवर्तन गर्दा पर्न गएको असुविधा प्रति आयोजक कमिटीले क्षमाप्रार्थी रहेको बताएको छ ।ठकुरी र गैर ठकुरी गरी २७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र थप विद्यार्थीहरुको जिम्मेवारी बृद्दि गर्दै कम्तिमा १ सय जना विद्यार्थी पुराउने लक्ष्य लिएको यस संञ्जालले पूर्णकालिन कलम परियोजना अन्तरगत एक अभिभावक, एक विद्यार्थी स्वरुप वार्षिक नेपाली रुपैया २५ हजार लिदै आएको छ भने अल्पकालिन कलम परियोजना अन्तरगत दाताहरुबाट गक्ष अनुसारको सहयोग लिदै आएको छ । आर्थिक पारदर्शिता र सदुपायोगका लागि विद्यार्थी वा अभिभावकलाई सिधै नगद हस्तान्तरण नगरि विद्यालयको सहकार्यमा आवश्यक शुल्क र शैक्षिक सामाग्री वितरण गर्ने गरेको संञ्जाल कतारका अध्यक्ष भरत बहादुल मल्लले बताए । मल्लले नजिकिदै गरेको विजया दशमीको शुभकामना संगै मनोरञ्जन पनि लिने र साथमा कलम परियोजना लाई पनि टेवा पुराउने हेतुले कार्यक्रम आयाजना गरेको हुदाँ दोहा बासि सम्पूर्ण नेपाली समुदायलाई साथ र सहयोगको लागि अनुरोध पनि गरेका छन् ।नेपालबाट आमन्त्रित कलाकारहरु मध्ये स्टेज गायकका रुपमा परिचित लोक तथा दोहोरी गायक शक्तिकप चन्द तथा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल तथा डान्सर सुस्मिता शाहीको बेजोड प्रस्तुति रहने कार्यक्रममा कतारमा रहेका चर्चित स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक श्रीकृष्ण मल्लले बताए ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा होकतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !