गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संञ्जालको कलम परियोजनार्थ आयोजित कार्यक्रमको तयारी पूरा संञ्जालको कलम परियोजनार्थ आयोजित कार्यक्रमको तयारी पूरा दीप जङ्ग शाह असोज १४, २०७६ गते १७:५१ मा प्रकाशित दोहा, गरिव तथा जेहेन्दार विद्यार्थीको अध्ययनको सहोगार्थ स्थापना गरिएको कलम परियोजनालाई निरन्तरताका लागि आयोजना गरिएको विजया दशमी शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम २०७६ को तयारी पूरा भएको छ ।यही अक्टोबर ४ का दिन कतार स्थित फिलिपिनो मार्केट नजिक रहेको गल्फ होराईजन होटलमा ठकुरी सहयोग संञ्जाल कतारले आयोजना गर्न लागेको उक्त कार्यक्रमको लागि नेपालबाट आउने आमन्त्रित कलाकारहरुको टिम भने ३ अक्टोबर विहान मात्र कतारमा अवतरण हुनेछन् ।सभ्य भाषा, सभ्य संकृती, हाम्रो पहिचान, शैक्षिक र आर्थिक समृद्दिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान भन्ने मुल नाराका साथ सामाजिक कार्यमा निकै सकृयका साथ लागि परेको संञ्जालले उक्त कार्यक्रम डल्ला ड्राइभिङ स्कूलको सभाहलमा गर्ने भनिएको भए पनि प्राविधिक समस्याका कारण स्थान परिवर्तन गरी गल्फ होराईजन होटलमा आयोजना गरेको हो । स्थान परिवर्तन गर्दा पर्न गएको असुविधा प्रति आयोजक कमिटीले क्षमाप्रार्थी रहेको बताएको छ ।ठकुरी र गैर ठकुरी गरी २७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र थप विद्यार्थीहरुको जिम्मेवारी बृद्दि गर्दै कम्तिमा १ सय जना विद्यार्थी पुराउने लक्ष्य लिएको यस संञ्जालले पूर्णकालिन कलम परियोजना अन्तरगत एक अभिभावक, एक विद्यार्थी स्वरुप वार्षिक नेपाली रुपैया २५ हजार लिदै आएको छ भने अल्पकालिन कलम परियोजना अन्तरगत दाताहरुबाट गक्ष अनुसारको सहयोग लिदै आएको छ । आर्थिक पारदर्शिता र सदुपायोगका लागि विद्यार्थी वा अभिभावकलाई सिधै नगद हस्तान्तरण नगरि विद्यालयको सहकार्यमा आवश्यक शुल्क र शैक्षिक सामाग्री वितरण गर्ने गरेको संञ्जाल कतारका अध्यक्ष भरत बहादुल मल्लले बताए । मल्लले नजिकिदै गरेको विजया दशमीको शुभकामना संगै मनोरञ्जन पनि लिने र साथमा कलम परियोजना लाई पनि टेवा पुराउने हेतुले कार्यक्रम आयाजना गरेको हुदाँ दोहा बासि सम्पूर्ण नेपाली समुदायलाई साथ र सहयोगको लागि अनुरोध पनि गरेका छन् ।नेपालबाट आमन्त्रित कलाकारहरु मध्ये स्टेज गायकका रुपमा परिचित लोक तथा दोहोरी गायक शक्तिकप चन्द तथा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल तथा डान्सर सुस्मिता शाहीको बेजोड प्रस्तुति रहने कार्यक्रममा कतारमा रहेका चर्चित स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक श्रीकृष्ण मल्लले बताए ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप