Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै

कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै


नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा ‘तिज विशेष कार्यक्रम २०२२’ हुने भएको छ ।

२६ अगस्ट शुक्रबारका दिन कतारको रैयान प्राईभेट स्कुल, अल रैयानमा दिउँसो ११ बजेदेखि कार्यक्रम हुने एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए । चर्चित लोक गायिका सुनिता बुढा, शर्मिला बि सी, मोडल तथा नृत्य कलाकार रुबिना अधिकारीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसमेत रहने बताइएको छ।

प्रवक्ता क्षत्रीका अनुसार प्रत्येक आयोजक संस्थाबाट संस्थागत प्रतिनिधिसहित २ जना पुरुससहित महिला सहभागिता निःशुल्क गरी कार्यक्रम सम्पन्न गरिनेछ । कार्यक्रम कतार सरकारको स्वीकृतिमा हुन गइरहेकाले दोहास्थित नेपाली दूतावास र कतार सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताए ।

कार्यक्रममा क्रममा कतारको कानुन उल्लंघन हुने क्रियाकलाप नगरिदिन ध्यानाकर्षण गर्दै आयोजकले विशेष गरी मदिरापान प्रयोग नगर्न अनुरोध गरेको छ।


क्याटेगोरी : गल्फ
ट्याग : #Breakig, #तीज कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस