Techie IT
×
गृहपृष्ठग्लोबलगल्फभब्य रुपमा मनाइयो १५४ औँ मोतिराम जयन्ती समारोह तथा ९६ औँ अनेसास – नवोदित वाचन डबली” (फोटो फिचर सहित)

भब्य रुपमा मनाइयो १५४ औँ मोतिराम जयन्ती समारोह तथा ९६ औँ अनेसास – नवोदित वाचन डबली” (फोटो फिचर सहित)


दोहा, कतारमा स्थापित साहित्यिक संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो ९६ औँ रचना वाचन डबलीका साथै मोतीराम भट्टको १५४ औँ जन्म जयन्ती भब्य रुपमा मनाएका छन् । दोहाको नजमामा अबस्थित गोर्खा रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो l कार्यक्रममा ब्यबसायी तथा समाजसेबी टीबी कार्की बिशिस्ट श्रोताको रुपमा रहेका थिए l

प्रत्येक महिनाको दोस्रो शुक्रवार निर्धारित समयमा सुरु भएर निर्धारित समयमै अन्त्य हुने विशेषता बोकेको उक्त कार्यक्रम रास्ट्र गान, ब्यानर अनाबरण, दीप प्रज्वलन तथा मोतीराम भट्टको फोटोमा माल्यार्पण गरि विधिवत सुचारु गरिएको थियो l विशुद्ध साहित्यिक वातावरण रहने उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार यूवा कवि गजलकार तथा नेपाली साहित्यका चम्किला तारा मोतीराम भट्टको जीवनी महेन्द्र खडकाले वाचन गरेका थिए l जन्मजयन्तीको अवसर पारेर कार्यक्रमलाई गजलमय बनाइएको थियो l

जन्मजयन्तीको अवसरमा साहित्यकारहरु सानु थपलिया, कमेन्द्र शाही, दिपेश राइ, महेन्द्र खड्का, दावा शेर्पा , अनिल बिष्ट “परिवर्तन” , शेखर बस्नेत , रुप रसाइलि , सोतन्त्र नेपाल, लेखनाथ क्षितिज, चक्र कार्कि, दिप प्रदिप , खेमराज सुबेदी, बिष्णु संग्रौला, सावित्री गिरी, निरन नेपाल, दिलिप पराजुलि, मणि पौडेल , दिप मिलन, लेख कार्कि , सिताराम थापा, श्यामराम रानाभाट , प्रेम प्रसाद भट्टराई लगायतले रचना वाचन गरेका थिए l

कतार बसाइलाई बिट मारेर स्वदेश फर्किन लाग्नु भएका नवोदित साहित्यिक वाचनालयका कार्य समिति सदस्य अनिल बिष्ट “परिवर्तन” लाई कदर पत्र ले सम्मान गर्दै सस्थागत बिदाइ गरिएको थियो l सम्मान ग्रहण पछि बोल्दै विष्टले नेपालि साहित्य लेखनमा आफनो कलम कहिल्यै नरोकिने प्रतिबद्धता जनाउदै साहित्यिक सहयात्रामा साथ् दिने ब्यक्ति र सम्मान प्रदान गर्ने सस्था सबैलाई एकमुष्ट धन्यबाद दिएका थिए l कार्यक्रममा नवोदितकै निवर्तमान सदस्य दिपेस राइलाई पनि बिदाइ गरिएको थियो l

सन्ध्या अर्यालको सयोजन तथा संचालनमा समपन्न भएको कार्यक्रमको समापन गर्दै बिशिष्ट श्रोता कार्कीले नेपालि साहित्य तथा वाङ्मयको श्रीवृद्धिमा बिगत देखि नै आफुले सक्दो सहयोग तथा सहयात्रा गरिरहेको जानकारी गराउदै विश्वमा जहाँ रहे पनि आफुले सक्दो साथ् सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए l


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस