Techie IT
×
गृहपृष्ठग्लोबलगल्फबिश्वकर्मा समाज कतारको अध्यक्षमा प्रेम कुमार निर्बाचित

बिश्वकर्मा समाज कतारको अध्यक्षमा प्रेम कुमार निर्बाचित


कतार – बिश्वकर्मा समाज कतारले  आफ्नो तेस्रो अधिबेशन तथा  बिश्वकर्मा पुजाको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन गरेको  छ। कार्यक्रम  सस्थाका अध्यक्ष गम बहादुर बि क को सभापतित्व एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आथित्यमा दोहा स्थित केरला कल्चर सेन्टरको हलमा सम्पन्न भएको हो ।

समाजको तेस्रो अधिबेसनले प्रेम कुमार बि क लाई अध्यक्ष सहित नयाँ कार्यसमिति सर्बसहमतिमा चयन गरेको छ । जस्मा वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर रसाइली उपाध्यक्षहरु सेवक बि क, मोहन घताने र  दिपक बि क रहेका छन्। त्यस्तै  महासचिवमा टेक सागर सुनार, कोषध्यक्ष -रामकृश्न रामदाम, सह कोषध्यक्ष -अन्तु खाती रहेका छन् भने सदस्यहरुमा तारा बहादुर बि क, अर्जुन कुमार बि क, सन्तोश बिश्वकर्मा , मिलन बिश्वकर्मा, खुम बिश्वकर्मा र बिवेक बिश्वकर्मा रहेका छन्। त्यस्तै  रेसम बिश्वकर्मा, सुस्मिता बिश्वकर्मा, तारा बिश्वकर्मा निर्मला बिश्वकर्मा, हिरालाल बिश्वकर्मा र  किशोर बिश्वकर्मा पनि सदस्यमा चयन भएका छन् । सस्थाको  पहिलो बैठकले महिला उपाध्यक्ष सहित दुई सचिब पद मनोनीत गर्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती एवं एनआरएनए एनसीसी कतारका नवनिर्बाचित अध्यक्ष मोहमद मुक्तदा मुसलमानले बिश्वकर्मा समाजले निकै प्रसंशनिय कार्यहरु गरेको भन्दै निर्वाचित हुँदै गरेको नयाँ टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए। मुसलमानले  एनसीसी कतारले कतारमा स्थपित सबै सस्थाहरुसंग  सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै आफू भर्खरै मात्रै निर्बाचित भएर आए सगै योजनाबद्ध ढंग बाट श्रमिक नेपाली दाजुभाइ दिदिबहिनीहरुको समस्या पहिचान र समाधान जोड दिने बताए ।

कार्यक्रमका सभापति एव अध्यक्ष गम बहादुर बि क ले समाज लाई नेतृत्व गर्दै गर्दा सबैको साथ र सहयोगले आफ्नो कार्यकाल सफलभएको बताए । उनलेे बिश्वकर्मा समाज जातीय सस्था भएतापनि प्रबासको हकमा सम्पूर्ण नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै नेपालीपन नै हाम्रो पहिलो प्राथमिकता हो भन्दै नेपालको जातीयप्रथा उत्पीडित समुदायको आवाज उठाउदै समतामूलक समाज निर्माणमा सबैको साथ र सहयोगको आवस्यकता रहेको बताए ।

उक्त कार्यक्रममा कतारमा सस्थापित विभिन्न बैचारिक एवं सामाजिक संघसस्थाहरुको उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुति समेत रहेको थियो भने कार्यक्रमको सहजीकरण  महासचिव कृष्ण बिश्वकर्मा ले गरेका थिए ।


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस