Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन

नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन


दोहा – ग्राहकहरुको माग र दाना सलोनको सफलता पछि सलोनले दोहाको नज्मामा नयाँ शाखा खोलेको छ । गत २०२२ जुन १७ मा शाखाको रुपमा उद्घाटन भएको आयुषा मेकअप सलोन नज्मामा रहेको छ ।

उद्घाटन समारोहमा कतारमा हुने सम्पूर्ण दिदि बहिनिलाई निमन्त्रणा गरिएको थियो । सामाजिक गतिविधि तथा ब्यवसायमा सक्रिय आभा खनाल, मंजु खनाल, प्रज्ञा चौधरी दिदिबहिनीहरुले सामुहिक रूपमा रिवन काटेर सलोनको उद्घाटन गरेका थिए । कार्यक्रममा दिदि बहिनीहरुको बाक्लो उपस्थिति थियो ।

बैदेशिक रोजगारीको शिलशिलामा २०१० मा अपारेल ग्रुपबाट आफ्नो यात्रा शुरु गरेकी आयुषा श्रेष्ठले त्यसपछि थुप्रै कम्पनीहरुमा काम गरेको अनुभव बटुलेको अनुभव छ ।

सुरुवातिमा आफुले सलोनमा काम गर्दै गर्दा बिशेष गरि नेपाली महिला दिदिबहिनिसंग भेट हुन पाउँदा आफुलाई बेग्लै किसिमको सन्तुष्टि मिल्ने बताउछिन । उनिहरुकै आग्रह र मागलाई मद्यनाजर गर्दै आफुले नज्मामा दोश्रो शाखा खोलिएको बताईन ।

श्रेष्ठको भनाइ अनुसार पहिले २ सलोनमा गरेर करिब २० जना महिला दिदि बहिनिहरुले रोजगार पाई रहेकाछन् ।


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस