Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै

गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै


गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले निस्शुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ।

कतारमा कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एनसिसि कतारले अगामी जुन २४ तारीख शुक्रबार एक दिन निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको हो ।

अल वक्रा स्थित एसियन मेडिकल सेन्टरमा गरिने स्वास्थ्य परिक्षणमा १५ जना बिशेषज्ञ डाक्टरहरु सहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाई र तौलको अनुपात) लगाएतका स्वास्थ्य सेवाहरु प्रदान गरिने एनआरएनए एनसीसी कतारका महासचीव पदम गिरिले बताए ।

जुन २४ तारिख शुक्रबार बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म संचालन गरिने स्वास्थ्य परिक्षणमा सहभागी भैई स्वास्थ्य लाभ लिनको लागि संघले अनुरोध गरेको छ ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #गैरआवासीय नेपाली संघ कतार

तपाईको प्रतिक्रिया दिनुहोस