Techie IT
×
गृहपृष्ठग्लोबलगल्फवैदेशिक रोजगार विभागद्वारा गल्फ एसिया मेनपावरमा छापा, निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख असुली

वैदेशिक रोजगार विभागद्वारा गल्फ एसिया मेनपावरमा छापा, निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख असुली


काठमाडौं –वैदेशिक रोजगार बिभागले गल्फ एसिया मेनपावरमा छापा मारेको छ । मलेसिया रोजगारी पठाउन कानून विपरित चर्को असुली गरेको उजुरीपछि विभागले गौशालास्थित मेनपावरमा छापा मारेको हो ।

बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका छापा मारेको हो ।छापा मारिएको मेनपावरले बिभागबाट २६०६२४ लटमा ५० जना कामदार मलेसियास्थित इस्टुल इन्डष्ट्रिज एसडीएन बिएचडीका लागि फ्याक्ट्री वर्कर पदमा पठाउन फ्री भिसा–फ्री टिकट र फ्री लागतको स्वीकृति लिएको बिभागले जनाएको छ ।

उक्त कम्पनीमा पठाउने क्रममा युवाहरुसँग मेनपावरले प्रतिव्यक्ति दुई लाख पचास हजार मागिरहेको सूचना बिभागले प्राप्त गरेको थियो । उजुरी दिन पुगेकाहरुले मेनपावरलाई ५०/५० हजार अग्रिम रुपमा बुझाइसकेको जानकारी दिएका छन् । साथै उक्त मेनपावरले प्रतिव्यक्ति थप दुई लाख मागेपछि बिभागले आकस्मिक छापा मारेको हो ।

बिभागले पैसा बुझाउन पुगेका युवाहरुको पछिपछि गएर छापा मार्ने क्रममा सुरुमा असुली भएको रकम फेला पार्न नसके पनि खोज–तलासीको क्रममा युवाहरुले बुझाएको नगद रकमको बिटो झ्यालबाट बाहिर फालिएको अवस्थामा भेटिएको छ । बिभाग टोली छापा मार्न पुगेको देखेर मेनपावरका कर्मचारीले पैसा बाहिर फालेको पाइएको बिभागका निर्देशक डम्वर सुनारले बताए ।

निर्देशक सुनारका अनुसार उक्त मेनपावरले यस अघिनै सोही कम्पनीमा ३५ जना कामदार पठाईसकेको छ । बुधबारको लटमा थप १३ जना पठाउन लागेको थियो ।
सरकारले मलेसिया रोजगारमा पठाउन निशुल्क गर्ने समझदारीपछि मलेसिया रोजगार खोलेपनि मलेसिया रोजगार खुलेसंगै बिभिन्न मेनपावरले चर्को लागत मागिरहेको गुनासोहरु आइरहेका छन् ।

सरकारसँगको सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले मेनपावर कम्पनीलाई कामदारको १५ दिन (आधा महिनाको) तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

साथै मलेसिया जाने कामदारको बिमा पनि मलेसियाको श्रम कानूनमा व्यवस्था भएअनुसार नै हुने उल्लेख छ । तर, डिमाण्ड किन्ने होडबाजी तथा सरकारको कारण र कोरोनाको कारण देखाई लामो समयसम्म मेनपावर बन्द गरेर बस्दा लागेको घाटा एकै पटक उठाउने गरि केहि मेनपावरहरुले कामदारको ढाड सेक्नेगरि असुली गरिरहेको पाइएको छ ।

यस्तोमा पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गैराकानूनी काम गर्ने मेनपावरलाई कडा कारवाही गर्न निर्देशन दिएसँगै विभागले अनुगमन तथा कारवाहीलाई तीब्रता दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेस्ठले बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगी गर्ने कसैलाई पनि नछाडने बताए ।

मन्त्री श्रेष्ठले जनसवालसँग कुरा गर्दै अब मन्त्रालयले ठगी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिने बताए । उनले यो क्षेत्रलाई ब्यवस्थीत बनाउन आफू जस्तो कदम चाल्न पनि तयार रहेको जनाए ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #गल्फ एसिया मेनपावर

तपाईको प्रतिक्रिया दिनुहोस