Techie IT
×
गृहपृष्ठग्लोबलगल्फअर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै

अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै


“प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ अर्घाखाँची सेवा समाज कतारले आफ्नो पाचौं अधिवेशन गर्ने भएको छ । गत २६ मे २०२२ का दिन बसेको समाजको १८ औं बैठकको निणर्य अनुसार आगामी ९ सेप्टेम्बर २०२२ का दिन पाचौं अधिवेशन गर्ने भएको हो ।

अर्घाखाँची जिल्लाबाट बैदेशिक रोजगार कतारमा आएका युवाहरुको सकृयतामा जिल्लावासीलाई एकजुट गराउने उदेश्यले २००६ मा अर्घाखाँची सेवा समाज कतार स्थापना गरीएको थियो । स्थापनाकाल देखि नै प्रवासमा आईपर्ने समस्याहरुको समाधान संगै समाजिक कार्यहरमा स्थापित संघ संस्थाहरु बीच हातेमालो गर्दै आपसी सद्धभाव भाईचारकोलाई निरन्तरता दिदै आएको छ ।

समाजले प्रवासमा मात्र सिमित नभएर देशमा आइपरेका विभिन्न दैविक प्रकोप,बाढी पिडित,स्वास्थ्यमा समस्या आई उपचारको क्रममा हस्पतालको बेडमा आर्थिक अभावको कारण छट्पटाइ रहेका असाय, आगोलागी पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।

अर्घाखाँची सेवा समाजको पुर्ण आर्थिक सहयोगमा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा २६ असार २०७५ दिन शिद्धदेश्वर आनन्द बृद्ध आश्रमका संचालक पुर्व अर्घाखाँची सेवा समाज कतारका संरक्षक नारायण खनालको नेतृत्वमा जिल्ला अस्पतालका प्रमुख डाक्टर जाग्न नाथ तिवारीको प्रमुख आतिथ्यमा एक वृहत समारोह विच एम्बुलेन्स हस्तान्तरण गरीएको थियो।

संचालन पश्यात निरन्तर मानवीय सेवा संगै असाय गरीव, दुसखीलाई आवश्यकता परेको बेला मलमपट्टि लगाउने गर्न काम गर्दै आएको छ । विभिन्न समय आर्थिक अभावको कारण काठमाडौं, भरतपुर चितवन लगाएत बिभिन्न स्थान सम्म पु¥यान ल्याउन निशुल्क सहयोग गर्दै मानवीय सेवामा अहम भुमिका निर्वाह गर्दै आएको छ ।

कतारमा स्थापित संघसंस्थाहरुका प्रमुखहरु सामाजिक अभियान्तहरुलाई उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनुहुन यसै सुुचना मार्फत समाजका अध्यक्ष टेकराज थापाले  अनुरोध गरेका छन। साथै समय र स्थान, तय नभएकाले पुन पछि जानकारी गराउने बताए ।


क्याटेगोरी : गल्फ
ट्याग : #अर्घाखाँची सेवा समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस