गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली जनसम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) नेपाली जनसम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) दीप संञ्चार भदौ २९, २०७६ गते १४:०७ मा प्रकाशित दोहा, राष्ट्रियता, प्रजातन्त्र र समाजबादका प्रतिपादक तथा नेपाली राजनीतिका शिर्ष पुरुष एवं जननायक विश्वेश्वरप्रसाद कोईरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर नेपाली जनसम्पर्क समिति कतारले सदा झै यस पटक पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै समितिले महामानव बिपी कोईरालाको योगदानको उच्च मुल्यांकन तथा सम्मानका साथ कतार स्थित हमाद हस्पिटलसंग सहकार्य गर्दै हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।नेपाली जनसंपर्क समिती कतारले बिगतका बर्ष देखी गर्दै आएको नियमित रक्त दान कार्यक्रम लाई यसपटक नेपाली कांग्रेसको केन्द्रिय निती अनुसार जन जागरण कार्यक्रम पनि जोडीएको थियो । रक्तदान कार्यक्रममा जनसम्पर्क समितिका अग्रज व्यक्तित्वहरु, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता हरु, बिभिन्न बैचारिक सस्थाका प्रमुक ज्युहरु, एनआरएनएका अभियान्ता ज्युहरु, सामाजिक संघसंस्थाका प्रमुख ज्युहरु, कतारस्थित गल्फ टाइम्सका प्रतिनिधि एवं नेपाली पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।नेपालमा बिपी जयन्तीमा ब्रिक्षारोपण गर्दै मनाइने चलन छ भने दोहाको बस्तुथिति र कानुनलाई सम्मान गर्दै जनसंपर्कले मानवीय कार्य स्वरुप रक्त दान गर्दै आएको छ । समिती रक्तादान गरेबापत हमाद हस्पिटलबाट विश्व रक्तदान दिवसको दिन सम्मानित हुने पहिलो बैचारिक संस्था पनि हो ।उल्लासमय उपस्थितिका वीच समीतिका प्रमुख सल्लाहकार विमल सुवेदी बाट सुरवात भएको रक्तदानमा ६५ जनाले स्वास्थ्य जाँच गराएका थिए भने ५३ जना रक्तदाताहरुले रक्तदान गर्न सफल भएका थिए । कतार स्थित विभिन्न बैचारी एवं सामाजिक संस्थाका सामाजिक ब्यक्तित्वहरुका साथ मित्र राष्ट्र भारत र श्रीलंका लगाएतका नागरीक समेत स्व स्फूर्त सहभागि रहेकको कार्यक्रममा प्रमुख सल्लाहकार सुवेदीको १२ औं रक्तदान गरी तेस्रो स्थान रहेको थियो भने एनआरएनए आईसिसी कोपेट मेम्बर विनोद भट्टराईले ३९ औं रक्तदान गरी पहिलो अत्यधिक रक्तदाता भएका थिए । त्यस्तै दिप संञ्चार मिडियाका प्रधान सम्पादक दीपजंग शाह र जिपी कोईराला फ़ाउन्डेशन कतारका संयोजक अर्जुन चापागाई दुबैको २६/२६ औं पटक रक्तदान गरी दोस्रो स्थान लिएका थिए भने जन सम्पर्क समितिका पूर्व कार्यसमिति सदस्य शशिधर शर्माले ८ औं पटक रक्तदान गरी चौथो अत्यधिक रक्तदाताका रुपमा प्रसंशा पाएका थिए ।समितिले रक्तदान कार्यक्रम पछि एक प्रेस विज्ञप्ति निकाल्दै सहभागि प्रति आभार व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “कार्यक्रमा सहभागी भै रक्तदान गर्नुहुने र कार्यक्रमलाइ सफल बनाउन साथ सहयोग र समर्थन गर्नु हुने सम्पूर्ण लाई जनसम्पर्क समिति कातर परिवार हृदय देखि हार्दिक धन्यवाद दिदै भबिस्यमा पनि जनसंपर्क समितिले मानबिय कार्यलाइ निरन्तर राख्ने जानकारी गराउदै यहाँ हरुको आगामी दिनहरुमा पनि यस्तै साथ समर्थन रहने छ भन्ने पूर्ण बिश्वास गरेका छौ ।” क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी