Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न


कतारमा मधेश युवा संघले शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार एसियन टाउन स्थित हाईट हाउस रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रताप साहको सभापतित्व तथा प्रमुख आतिथ्यतामा हेल्प मधेशी कतारका वरिष्ठ उपाध्यक्ष विशेश्वर प्रसाद साह रहेका थिए ।

प्रमुख अतिथि साहले प्रवासमा भएपनि आफ्नो मौलिक पहिचान , संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन प्रबद्र्धनमा संघले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा सहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्तरी सेवा समाज कतारको अध्यक्ष इसिलाल पण्डितको विशिष्ट आतिथ्य एव कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई समापन गर्दे सभापति प्रताप साहले संस्थाको कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यावाद व्यक्त गरे ।

संघले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद तथा नेपालीहरुको नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाक प्रतिनिधि, पत्रकार कलाकारहरुलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

संघका उपाध्यक्षले स्वागत गरेको उक्त कार्यक्रमलाई हेल्प मधेशीको केन्द्रिय सह(कोषाध्यक्ष देवेन्द्र शर्माले सहजीकरण गरेका थिए ।

तस्वीर  : सामाजिक संजाल


क्याटेगोरी : गल्फ
ट्याग : #कतार मधेस युवा संघ

तपाईको प्रतिक्रिया दिनुहोस