गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न दीप संञ्चार जेठ ९, २०७९ गते १५:३५ मा प्रकाशित कतारमा मधेश युवा संघले शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार एसियन टाउन स्थित हाईट हाउस रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रताप साहको सभापतित्व तथा प्रमुख आतिथ्यतामा हेल्प मधेशी कतारका वरिष्ठ उपाध्यक्ष विशेश्वर प्रसाद साह रहेका थिए ।प्रमुख अतिथि साहले प्रवासमा भएपनि आफ्नो मौलिक पहिचान , संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन प्रबद्र्धनमा संघले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा सहित शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा महोत्तरी सेवा समाज कतारको अध्यक्ष इसिलाल पण्डितको विशिष्ट आतिथ्य एव कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमलाई समापन गर्दे सभापति प्रताप साहले संस्थाको कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यावाद व्यक्त गरे ।संघले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद तथा नेपालीहरुको नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाक प्रतिनिधि, पत्रकार कलाकारहरुलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।संघका उपाध्यक्षले स्वागत गरेको उक्त कार्यक्रमलाई हेल्प मधेशीको केन्द्रिय सह(कोषाध्यक्ष देवेन्द्र शर्माले सहजीकरण गरेका थिए ।तस्वीर : सामाजिक संजालक्याटेगोरी : गल्फट्याग : #कतार मधेस युवा संघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल