Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान

कतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान


कतार सरकारले नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान गरेको छ । अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको जनाएको छ ।

 

कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरे ।

अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैयाँ बराबरको रहेको दूतावासले जनाएको छ ।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै अल हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।

उनले कतार सरकार कोरोना महामारीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहको पनि बताए । सो क्रममा मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फ
ट्याग : #कतार सरकार

तपाईको प्रतिक्रिया दिनुहोस