Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारगठबन्धनमा मतदान गर्न नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाको आह्वान

गठबन्धनमा मतदान गर्न नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाको आह्वान


नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया क्षेत्रले नेपालमा आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमन पक्षधर गठबन्धनमा मतदान गर्न आह्वान गरेको छ ।

मञ्चमा आवद्ध ७ देशका अध्यक्षहरुले संयुक्त अपिल जारी गर्दे जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा उत्पीडित जनताको भीषण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न, सिंहदरबार केन्द्रित अधिकार जनताको घर–घरमा स्थापित गराउन गठबन्धनमा मतदान गर्न अपिल गरेको हो ।

नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समन्वय समिति अन्तरगतका विभिन्न ७ देशका अध्यक्षहरुको अपिलमा संघीयता समाबेशी समानुपातिक प्रतिनिधित्व बिरोधी तथा उत्पीडित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध विभिन्न बहानामा षड्यन्त्र गरिरहेकाले अहिलेको निर्वाचन संविधान, संघीय गणतन्त्रको रक्षाका लागि अग्रगमन पक्ष र प्रतिगमन समुह बीचको लडाइँको रूपमा लिएका छौं भनिएको छ ।

नेकपा (माओवादी केन्द्र)को प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्चका कतार, साउदी, युएई, बहराइन, ओमान, कुवेत , इजरायल राष्ट्रिय समितिका अध्यक्षहरुको अपिलमा नेकपा (माओवादी केन्द्र)ले साँचो अर्थमा खोजेको संघीयता समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले पुर्ण रूपमा अनुभुति गर्न नसकेकोले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउदै स्थानीय बिशेषतामा आधारित बिकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने चुनौती आएको बताईएको छ ।

अपिलमा कृषिमा अनुदान मार्फत उत्पादन किसानलाई पेन्सन, राष्ट्रिय औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी सबैखाले शोषण र बिभेदको अन्त्य बिदेशमा श्रम र पसिना बगाउने बर्तमान अबस्थालाई नहटाए साँचो अर्थमा जनताले लोकतन्त्रको अनुभुति गर्न सक्दैनन भन्दै इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएकोले प्रवासमा श्रम गरिरहनु भएका दाजुभाइ दिदिबहिनीहरु मार्फत घर गाउँ र आफन्तलाई स्थानीय तहको निर्वाचनमा निर्धक्क सहभागी भई अग्रगमन पक्षधर गठबन्धनका उम्मेद्धवारहरुलाई मतदान गरि विजयी गराउन अपिल गरिएको छ।

साथै यथास्थितिमा रुमलिन्न रहर र छुट दुबै नभएकोले एकमतका साथ लामबद्व भई प्रतिगामी तत्वलाइ परास्त गर्न नेकपा (माओवादी केन्द्र)को चुनाब चिन्ह “गोलाकार भित्रको हँसिया हथौड़ा”मा र गठबन्धनका उम्मेदवारहरुको चुनाव चिन्हमा मतदान गरि जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपाल निर्माणमा अघि बढन अपिल गरिएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फ
ट्याग : #breaking, #नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया

तपाईको प्रतिक्रिया दिनुहोस