Techie IT
×
गृहपृष्ठग्लोबलगल्फपत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापना दिवस मनाउँदै

पत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापना दिवस मनाउँदै


नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापना दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भए पनि यसपाली, सबैको छुट्टी हुने दिन १३ तारीक शुक्रबार बिदाको अवसर पारेर भव्य रूपमा कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो ।

दोहा नज्मा स्थित शालिमार रेस्टुरेन्टको सभाहलमा बिहान ११:३० देखी औपचारिक रुपमा शुरु हुने कार्यक्रमको तयारीलाई सुव्यवस्थित बनाउन नेपाल पत्रकार महासंघ कतार शाखाका श्रमिक बिभाग प्रमुख तिलु शर्मा पौडेललाई कार्यक्रम संयोजक र अनुशासन बिभाग प्रमुख दीपजङ्ग शाहलाई आर्थिक संयोजक तोकेको महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँले बताए ।

यसै गरी कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुले सहभागिता जनाएर कार्यक्रमलाई भब्य, सभ्य बनाइदिनको निम्ति सचिव अर्जुन पौडेलले सम्पूर्णमा अपिल गरेका छन्।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #पत्रकार महासंघ कतार

तपाईको प्रतिक्रिया दिनुहोस