Techie IT
×
गृहपृष्ठग्लोबलगल्फमहोत्तरी सेवा समाज कतार संस्थाको आयोजनामा शुभकामना, सम्मान कार्यक्रम सम्पन्न

महोत्तरी सेवा समाज कतार संस्थाको आयोजनामा शुभकामना, सम्मान कार्यक्रम सम्पन्न


रामएकवाल राम दोहा, कतार – महोत्तरी सेवा समाज कतारको आयोजनामा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

गत शुक्रवार  समाज कतारको आयोजनामा (अल दोसरी जु पार्क सहानियाँमा) सम्पन्न भएको ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद तथा नेपालीहरुको नयाँ वर्ष २०७९ एव जुर शितलको अवसरमा शुभकामना आदानप्रदान सहित वनभोज तथा सांस्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाक प्रतिनिधि, पत्रकार कलाकारहरुलाई खादा तथा सम्मान पत्रका साथ सम्मान गरेको थियो।

संस्थाका अध्यक्ष इसिलाल पण्डितको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली नियोगका द्वित्तीय सचिव भुवन भट्टको प्रमुख आतिथ्यमा समाजसेवी मनिष यादव , नेपाली जन सम्पर्क समिती कतारका अध्यक्ष अजिज अलिको विशिस्ट आतिथ्य तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले सबै धर्मको सम्मान हुने गरि गरिएको कार्यक्रमले एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने बताउनु भयो।

समाजसेवी यादवले प्रवासमा भएपनि आफ्नो मौलिक पहिचान , संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा समाजले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा सहित सम्पूर्णमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

विशिस्ट अतिथि अजिज अलिले महोत्तरी सेवा समाजका सम्पूर्ण पदाधिकारी सहित सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद तथा नेपालीहरुको नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गरेका थिए।

एनआरएनए आईसीसीका कतारका प्रतिनिधि प्रेम चलाउने हेल्प मधेशी कतारका कार्यवाहक अध्यक्ष शिवकुमार महतो मधेश प्रदेश समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवान दलित एकता संजालका प्रतिनिधि किरण परियार लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका र अध्यक्षहरुले शुभकामना राखेका थिए।

नेपाली राष्ट्रिय गितबाट सुरु भएको कार्यक्रममा विभिन्न आन्दोलनमा सहिद भएका सहिदहरु प्रति दिप प्रजलन गरि श्रद्धाञ्जली स्वरूप १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अभिमन्यु यादवले राखेका थिए। कार्यक्रमका सभापति ईसिलाल पण्डितले बोल्दै संस्थाको निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित भएका सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएका कलाकारहरु, सहयोगी दाताहरु लाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । संस्थाका महासचिव विरेन्द्र कुमार पासवानले कार्यक्रमको सहजीकरण गरेका थिए।


क्याटेगोरी : गल्फ
ट्याग : #महोत्तरी सेवा समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस