Techie IT
×
गृहपृष्ठग्लोबलगल्फसमाज सेवा अभियान रुपन्देही कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का निर्वाचित

समाज सेवा अभियान रुपन्देही कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का निर्वाचित


दोहा – ‘सामाजिक तथा आर्थिक विकास अभियानमा सहकार्य, आत्मा निर्भरता र समृद्ध जीवन सबैका लागि अपरिहार्य’ भन्ने मूल नाराका साथ सन् २००९ मा स्थापित समाज सेवा अभियान रुपन्देही कतारले आफ्नो सातौँ अधिवेशन  सम्पन्न गरेको छ । संस्थाका संरक्षक अर्जुन प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा अध्यक्ष विष्णु बहादुर खड्काको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले  शुभकामना मन्तव्य  राखेका थिए । वक्ताहरूले रुपन्देही जिल्लामा  विभिन्न छिमेकी जिल्लाहरूबाट बसाइँ सराई गरी आउने क्रम बढेको बताउँदै प्रवासमा सबैलाई समेट्दै सम्बन्ध प्रगाढ बनाई गोलबन्द गराउनु पर्ने बताए । सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरूले विभिन्न  स्थानमा गएर टिकटक बनाउने र अडियो भिडियोको गलत प्रयोग गरेको पाइएको बताउँदै यहाँको स्थानीय नियम र  कानुनलाई पालना गर्न समेत वक्ताहरूले अनुरोध गरेका थिए ।

No description available.

संस्थाले विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीको जोखिम परिस्थितिमा पनि विभिन्न सहयोगार्थ अभियानमा हातेमालोसंगै अक्सिजन सिलिन्डर पठाउने लगायतका सहयोग गरेको आर्थिक तथा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । मुक्तिराम पोख्रेलको स्वागत मन्तव्य तथा शंकर प्रसाद न्यौपानेले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

अधिवेशनले बन्द शत्रबाट विष्णु बहादुर खड्काको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ । खड्का दोस्रो कार्यकालका लागी पुन अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नव निर्वाचित कार्य समितिका पदाधिकारीहरूमा डिल्ली राम अर्याल उपाध्यक्ष, सुचित्रा शर्मा महिला उपाध्यक्ष, शंकर प्रसाद न्यौपाने महासचिव, छविलाल सूचिकार सचिव, लक्ष्मण पौडेल कोषाध्यक्ष, हेमा कुमारी न्यौपाने सह- कोषाध्यक्ष रहेका छन् । त्यसतै कार्यसमिति सदस्यहरूमा खिमानन्द पन्थी, मुक्तिराम पोख्रेल, चन्द्र बहादुर फुल्लेल, राजु परियार, विनोद भट्टराई र मनोज सिंजाली रहेका छन् ।

नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक अर्जुन प्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस