Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फदाङ्ग देउखुरी सेवा समाजको तयारी पूरा, सम्पूर्ण कलाकार दोहा आईपुगे

दाङ्ग देउखुरी सेवा समाजको तयारी पूरा, सम्पूर्ण कलाकार दोहा आईपुगे


दोहा, दाङ्ग देउखुरी सेवा समाजले आफ्नो तयारी पूरा गरेको छ । बेलायतबाट चर्चित स्टेज गायिका भूमिका गिरी र नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका मिना बुढाथोकी लगाएतको टिम कतार अवतरण संगै तयारी पूरा भएको समाजकी कार्यक्रम संयोजक मनिषा खड्काले जनाएकी छन् । समाजले हरितालिका तिजको अवसर पारेर रु. १० लाखको छात्रवृत्तिकोष सहयोगार्थ तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।

गायिका बुढाथोकि संगै हास्य कलाकार हरी प्रसाद दुलाल, डान्सर द्वय रजिना महर्जन र मिना लामा पनि बुधबार बिहान कतार आएका हुन भने कार्यक्रमकै  सिलसिलामा बेलायत रेहेकी तथा पछिल्लो समायमा स्टेज  क्विनका रुपमा परिचित लोक तथा दोहोरी गायिका भूमिका गिरी पनि बुधबारनै कतार पुगेकी छन् ।

कार्यक्रम हुने डल्ला ड्राईभिङ्ग स्कुलको सभाहल

कलाकारलाई स्वागत गर्न कतार स्थित हमाद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका समाजका अध्यक्ष हेमराज बस्नेतले जिल्लामा रहेका गरिव तथा जेहेन्दार विध्यार्थीहरुका लागि छात्रवृत्तिकोष सहयोगार्थ गर्न लागिएको तिज विषेश कार्यक्रमलाई सफल पार्न कतार बासि नेपाली समुदायलाई अनुरोध गरेका छन् । बस्नेतले दीप सञ्चार मिडिया संग कुरागर्दै भने, “हामि सामाजिक परम्परा र संस्कृति जगेर्ना संगै सामाजिक उत्तरदायित्व पनि पूरा गर्ने यात्रामा छौं, मलाई विश्वास छ कतार स्थित सम्पूर्ण नेपाली समुदायबाट साथ र समर्थन पाउने छौं ।”

त्यस्तै कलाकारलाई स्वागत गर्न विमान स्थल पुगेका समाजका प्रमुख सल्लाहकार बसन्त राज पुरीले कतारमा रहेका सम्पूर्ण संघ संस्था, बैचारीक संस्था, सम्पूर्ण बुद्धिजिबि, व्यवसायि तथा पत्रकारहरुमा पत्राचार गरिसकिएको र पत्र प्राप्त नभएमा यसै दीप सञ्चार मिडिया मार्फत सबैमा आग्रह गरेका छन् । पुरीले भने, “विगत लामो समय देखि नै सामाजिक उत्तरदायीत्व वहन गर्दै आएका हामि यस पटक पनि पूर्व निर्धारित सम्पूर्ण तयारी पुरा गरेका छौं अब पालो कतार स्थित नेपाली समुदायको ।”

कार्यक्रममा महिला दिदी बैनी तथा आमाहरुको लागि निशुल्क प्रवेश र पुरुषको लागि कतारी रियाल ३५ र भिआईपिहरुका लागि कतारी रियल १०० प्रवेश शुल्क तोकिएको समाजका प्रथम उपाध्यक्ष छविलाल बुढाथोकिले जानकारी दिदै भने, “छात्रवृत्तिकोषको सयोगार्थ फेसबुक अभियान पनि चलाएका थियौं, त्यसबाट सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्तगर्दै उहाँहरुलाई निशुल्क प्रवेश पासको व्यवस्था गरेका छौं ।”

कार्यक्रम भोलि ३० अगस्त , २०१९ का दिन डल्ला ड्राईभिङ्ग स्कुलको सभाहलमा हुने भएको छ । “तिज विशेष विबिध साँस्कृतिक कार्यक्रम २०७६” नाम दिइएको यस कायक्रम विहान ११ बजे दखि शुरु हुनेछ ।

 


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस