गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशील नेपाली दल कतारको सातौँ ‘चिया चौतारी’ शृङ्खला सम्पन्न विवेकशील नेपाली दल कतारको सातौँ ‘चिया चौतारी’ शृङ्खला सम्पन्न दीप जङ्ग शाह भदौ २, २०७६ गते १२:०१ मा प्रकाशित विवेकशील नेपाली दल कतारले आफ्नो चिया चौतारी नामक छलफलको सातौँ शृङ्खला सम्पन्न गरेको छ। कतारको नजमा स्थित मण्डला रेष्टुरेण्टको सभाहलमा उक्त कार्यक्रम गरिएको हो।यस कार्यक्रममा विवेकशीलले समाजमा रहेका विभिन्न क्षेत्र सँग सम्बन्धित व्यक्तिलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेर उहाँको सो क्षेत्र सँगको अनुभव उपलब्धी र समाजलाई पुर्याउने मद्दत तथा टेवाको सम्बन्धमा अन्तरङ्ग कुराकानी गर्ने गर्दछ।विवेकशीलले आफ्नो सातौँ शृङ्खलामा कतारमा रहेर नेपाली भाषा साहित्यमा साधनारत साहित्यकार रूप रसाइली विश्वकर्मालाई प्रमुख अतिथिको रूपमा ल्याएको थियो। रसाइली सँगको अन्तर्क्रियामा रसाइलीले नेपाली साहित्यमा आफ्नो साधनाको विषयवस्तु तथा साहित्यको बारेमा प्रष्ट पारेका थिए । साहित्यले समाजलाई भाषिक एकतामा जोड्ने र भाषाको संरक्षणमा मद्दत पुग्ने रसाइलीको कथन थियो। साहित्य पूर्णतया चिन्तामय भएकामा अब चिन्तनको खोजी हुनुपर्ने आवश्यकता महशुस भएको रसाईलीले बताए । साहित्य के हो? भन्ने जिज्ञासामा “साहित्य त्यो विषय हो जसको मार्फत मनभित्रको भावनाहरूलाइ लिपिबद्ध गरि प्रस्तुत गर्न सकिन्छ” उनले बताए ।हरेक मानिस भित्र साहित्य रहेको र हरेक मानिस साहित्यकार भएको उनको बुझाई रहेको छ। अनेसास नवोदितले आफूलाई दिएको स्थान र सोही स्थान मार्फत विवेकशीलको यस मञ्च सम्म आईपुग्दा जोडिएका सबै सबैमा आफू कृतज्ञ रहेको रसाईलीले जोड़े । रसाईली कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालयको मोबाईल पुस्तकालय संयोजक हुन ।कार्यक्रम तीन चरणमा सञ्चालन भएको थियो, पहिलो चरणमा परिचयात्मक सँगै दोस्रो चरणमा प्रमुख अतिथि सँगजो कुराकानी र रचना वाचन भएको थियो भने तेस्रो चरणमा उपस्थित स्रष्टाहरूको रचना वाचन जोडिएको थियो।अन्तिममा कार्यक्रमको सन्दर्भमा विवेकशील नेपाली कतारका संयोजक गौरवराज अधिकारीले समाज र साहित्य बिचको समानता र साहित्यले समाजलाई दिने योगदानको महत्त्व साहित्यकारले बुझाउन सक्ने हुँदा यो कार्यक्रमको आयोजना भएको प्रष्ट्याएका थिए ।यस्ता कार्यक्रमहरू सञ्चालन आगामी दिनमा पनि हुने र दोहामा रहेका साहित्यकारहरूको सहयोग पाउने अपेक्षा रहेको उनले बताए । कार्यक्रम गौरवराज अधिकारीको संयोजनमा बुद्ध राईले सहजकर्ताको भूमिका निभाएका थिए भने विवेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्ट आश्रिनको उपस्थित र रूप रसाइलीको प्रमुख आतिथ्यतामा १६ अगस्त २०१९ का दिन सम्पन्न भएको थियो।विवेकशील नेपाली कतारले गर्दै आएको चिया चौतारी कार्यक्रम सम्पूर्ण दोहामा रहेका नेपाली समुदायको सहृदयी मित्रजनमा निशुल्क शिक्षा, सकारात्मक ज्ञान प्रदान गर्ने कार्यक्रम हो l यस कार्यक्रमका परिकल्पनाकार केन्द्रीय सदस्य भट्ट हून lक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा