Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि

कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि


दोहा, कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि भएको छ । विभिन्न बाहना र धेरै तलब पाउने आशामा कम्पनी छोड्ने र आश्वास बमोजिमको काम र तलब नपाउदा आफु अलपत्र परेको भन्दै दुताबासमा आउने गरेको दुताबासले एक सुचना मार्फत जनाएको छ ।

कतार स्थित नेपाली राजदुतावासले सार्वजनिक सुचना जारी गर्दै भनेको छ, “बैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राम्रो तलब सुविधा पाउने आश्वासन पाई आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनी थप पैसा समेत तिरेको र हाल आफू अलपत्र परेको भनी राजदुतावासमा उद्दारका लागि आउने क्रम हालैका दिनहरुमा उल्लेख्यरुपमा बढेको पाईएको छ ।”

राजदुतावासले आफु खुसि वा साथि भाई तथा आफन्तको लहलहैमा लागेर कम्पनी छोड्ने र अन्तः आफू ठगिएको तथा अलफत्र परेको भन्दै हारगुहार माग्नु भन्दा समयमै सचेत रहन सबैमा आग्रह गर्दै अन्तमा भनेको छ, “पर्याप्त र ठोस आधार बिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परी कार्यरत कम्पनी नछोड्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।”

नेपाली राजदुतावास द्वारा जारी सार्वजनिक सूचना

क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस