गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दलीय निर्णयको पर्खाईमा एनसीसी चुनाव दलीय निर्णयको पर्खाईमा एनसीसी चुनाव करिम बक्स मियाँ साउन ९, २०७६ गते १९:०४ मा प्रकाशित दोहा, एनसीसी कतारको चुनाव नजिकिंदै गर्दा कतारको नेपाली समुदायले नेकपाको कतार स्थित भातृ संगठनको निर्णय पर्खिन बाध्य देखिएका छन्।तत्कालिन एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च र तत्कालिन माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मन्चको संयुक्त निर्णय पर्खेर बसेको चर्चा छ।प्यानल बिना जित्न नसकिने बिगतको नजीरलाई हेरेर विभिन्न पदका आकांक्षी उमेदवारहरु समेत नेकपा कतारको निर्णयको पर्खाईमा बसेका छन्।काँग्रेस कम्युनिस्ट बाहेक नयाँ समुहहरुपनि यसपटक एनसीसी चुनावमा थपिएका छन्।यहि आउँदो जुलाई २६ तारीक एनसीसी कतारले २०१९-२१ कार्यकालको लागि परिषद सदस्य बन्न आवेदन दिएकाहरुको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गर्दैछ। सम्भवत: नेकपाको भातृ संगठनले त्यही दिन संस्थागत उमेदवार बारे निर्णय लिने चर्चा छ।२०१९-२१ कार्यकालको लागि वर्तमान एनसीसी कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल र गत निर्वाचनमा अध्यक्ष पदमा पराजित तथा एनसीसी कतारका सल्लाहकार समेत मोहम्मद मुक्तदा मुसलमान नेतृत्वको दावेदार मानिएका छन् । स्मरण गर्नुपर्ने के छ भने दुबै आकांक्षी पुर्व एमाले उर्फ अहिलेको नेकपा निकट हुन्। त्यसकारणपनि नेकपाको कतार संगठनमा एनसीसी नेतृत्वको बहस बिगत केही महिनादेखी पेचिलो बन्दै आई रहेको छ।शुत्र भन्छ नेकपाको कतार संगठनले करीव करीव मुसलमानको पक्षमा निर्णय लिने तयारी गरेको छ। नेतृत्वको लागि नेकपाको आधिकारिक उमेदवार बन्न बढी मत संख्या देखाउनु पर्ने र संगठनभित्रका निर्णायकहरुको मत जता बढी उसैको हकमा निर्णय हुने शर्त सारिएक श्रोतले बताएको छ।बिगतदेखी काँग्रेस र एमाले निकट प्यानल बिच नेतृत्व हत्याउने खेल हुने गरेको भएपनि यसपटक त्यस्तो देखिएको छैन। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती भने नेतृत्वको विषयमा मौन बसेको छ।करीव ४४ सयको हाराहारीमा यसपटक परिसद सदस्य कायम हुने प्रारम्भिक शुत्रले देखाएको छ भने काँग्रेस कम्युनिस्ट बाहेक नयाँ समुहहरुपनि यसपटक एनसीसी चुनावमा थपिएका छन्।तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच भएको एकतापछि गठित समाजवादी पार्टीको कतार स्थित संगठन नेपाली समाज कतार, संघीय लिम्बूवान सामाजिक मन्च, हेल्प मधेस समूह र सिके राउत समूह यस पटकको चुनावमा निर्णायक भुमिका खेल्न सक्ने शक्तिको रुपमा देखिएका छन्।सबैभन्दा रोचक पक्ष भनेको यसपटक दलीय रवाफको लडाइँ भन्दापनि भेगीय लडाइँ हुने खतरा देखिएको छ। वैचारिक संगठनको नेतृत्व तहमा रहेकाहरुबाट नै भेगीय नारा दिएर एनसीसी कतारलाई भुगोलले बाँड्ने कार्य गरेकोप्रति भने स्थापनाकालदेखि निरन्तर एनआरएनए अभियानमा लागेकाहरु रुष्ट देखिन्छन्। वैचारिक लडाईंको मार खेप्दै आएको एनसीसीलाई भेगीय नारा बोकेर चुनावी मैदान तताउनु दुर्भाग्य भएको अभियन्ताहरु बताउँछन्।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्नकुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन्संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम