Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाल सहित ६ देशका नागरिकलाइ युएई प्रवेश अनुमती फुकुवा

नेपाल सहित ६ देशका नागरिकलाइ युएई प्रवेश अनुमती फुकुवा


युएई – कोभिड-१९ को कारण पछिल्लो समय नेपाल सहितका मुलुकका नागरिकलाई प्रवेश अनुमतीमा प्रतिबन्ध लगाउदै आएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आगामी ५ अगष्ट देखि लागुहुने गरि प्रवेश अनुमती दिने भएको छ ।

यूएईले घोषणा गरेको युएई प्रवेश अनुमती अनुसार कोभिड–१९ विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र प्राप्त नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने भएको हो । यूएई सरकारले लामो समय देखि लगाएको प्रवेश प्रतिबन्धका कारण घर विदामा रहेका हजारौं नेपालीहरु युएई फर्कन नपाएर अलपत्र परेका थिए।

यूएई सरकारले अनिवार्य रुपमा दोस्रो डोजको खोप लगाएको १४ दिनपछि मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने बताएको छ। यूएईको राष्ट्रिय आपत्कालीन तथा विपद व्यवस्थापन प्राधिकरणले मंगलबार गरेको घोषणा अनुसार अव नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकले तोकिएको प्रोटोकल पूरा गरि युएई प्रवेश गर्न सक्नेछन् ।

यसैगरी आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारिगर्दै युएई प्रवेश गर्ने यात्रुले अनिवार्य आईसीए बाट प्रवेशका लागि अनुमति लिनुपर्नेछ भने ४८ घण्टाभित्रको पीसीआरको नेगेटिभ रिपोर्ट साथमा हुनु बताएको छ । यस्तै नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुनेछ ।

यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर टेष्ट गर्नुपर्नेछ।त्यस्तै क्वारेन्टाइनलगायतका अन्य स्वास्थ्य प्रोटकल पालना गर्नुपर्नेछ । युएईको आवासीय भिषा भएका कोभिडविरुद्धको खोप लगाएका वा नलगाएका दुवै किसिमका निम्नबमोजिमका यात्रुलाई पनि प्रवेश दिइने बताइएको छ।

– यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति
– युऐइमा कार्यरत स्वास्थ्यकर्मी (डाक्टरहरु, नर्सहरु र टेक्नीशियनहरु)
– यूएईका शैक्षिक संस्थामा कार्यरत कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरु
– युएईमा स्वास्थ्य उपचार चलिरहेको व्यक्ति
– विषेश मानविय परिस्थिति (Humanitarian cases ) भएका व्यक्ति

यूएईले लामो समय देखि नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाएको थियो।


क्याटेगोरी : गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस