Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए मध्यपूर्वले ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गर्दै, १ करोड ८ लाख रकम संकलन

एनआरएनए मध्यपूर्वले ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गर्दै, १ करोड ८ लाख रकम संकलन


दोहा –“नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने नारा सहित गैर आवासीय नेपाली संघ, मध्यपूर्वको अग्रसरता एवं मध्यपूर्वका विभिन्नी संघ संस्था एवं आम सर्वसाधारणको सक्रियतामा नेपाल पुर्याईएको ५ सय ६० थान अक्सिजन ग्यास सिलिण्डर आज नेपाल सरकारलाई हस्तान्तरण गरिदै छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० ले ओमानको मस्कटबाट उक्त प्रति सिलिन्डर ४० लिटर क्षेमता भएका ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल लगिएको यस कोभिड अक्सिजन संयोजन परियोजनाका संयोजक आरके शर्माले जानकारी दिएका छन्।

 

शर्माले थपे, “झण्डै १ करोड ८ लाख बराबरको प्रतिवद्धता मध्यपूर्वका आम सर्वसाधारण मजदुरले गरेका छन्, नगत उठ्न अझैं बाँकी छ र उठ्ने क्रम जारी छ। अहिले रू ७५ लाख ( ७२ हजार ८  सय ६२ दशमलव ८६ अमेरिकी डलर)  बराबरको लागतमा यो सिलिन्डर नेपाल पुग्यो”

शर्माका अनुसार कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना भएको र संक्रमणका कारण बढ्दो मानवीय क्षतिलाई न्यूनीकरण गर्नालाकाली मध्य्पपूर्वमा कर्मथलो बनाएर आएका हरेक तह र तप्काका नेपाली दादुभाई तथा दिदि बहिनीहरूहरू संग सहयोग रकम संकलन गरि उक्त सिलिण्डर नेपाल पठाउन सकिएको हो।

मध्यपूर्व संयोजक प्रवीण गुरुङले मध्यपूर्वका नेपालीले आफ्नो मातृभूमि प्रति कत्ति धेरै जिम्मेवार छन् भन्ने कुरा इतिहासमा धेरै पटक देखाई सकेका छन् र यो त्यसैको निरन्तरता रहेको बताए।  गुरुङले थप, ‘पछिल्लो समयमा देखिएको गम्भीर र जटिल अवस्थालाई गम्भीरताका साथि लिंदै हामीले शुरुवात गरेको यस अभियानमा एक जुट भएर प्रत्येक नेपालीले ठूलो योगदान दिनु भएको छ। यसका लागि सबै सहयोगी मनहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

कुराकानी कै क्रममा संयोजक गुरुङले थपे, “बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेको छ। त्यसैले देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको थियो । त्यसै अनुरुप हामीले पनि अभियान चलायौं र एतिहासिक सफलता पनि प्राप्त गरेका छौं।” गुरुङ ले भने, “हामीले ६०० सिलिण्डरका लागि अनुमानित ७० लाख को लागि अभियान चालेका थियौं तर सवा करोडको हाराहारीमा रकमको प्रतिबद्धता आएको छ। “

त्यसै गरि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता एवं यस परियोजनाका प्रमुख सल्लाहकार डीबी क्षेत्रीले दिएको जानकारी अनुसार यसै अभियान मार्फत संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको छ ।

गैरआवासीय नेपाली संघ मध्यपुर्वको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको ओमन स्थित एनआरएनए एनसीसी अध्यक्ष विकल झा ले जानकारी दिए।

नेपालमा बसेर यस परियोजनालाई सहजीकरण गरिरहेका परियोजना उप संयोजक एवं मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीका अनुसारका अनुसार ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिण्डर तत्काल कोरोना संक्रमितहरुसमक्ष पुगोस भनेर आज नेपाल सरकारलाई हस्तान्तरण गरिन लागिएको हो ।

त्यस्तै परियोजनाका अर्का उपसंयोजक तथा एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जोनका अनुसार एनआरएनए मध्य्पूर्वले प्रत्यक क्षेत्रमा आवश्यकता अनुसार नेपालभरका सरकारी अस्पतालहरूमा उपलब्ध गराउन अनुरोध सहित नेपाल सरकारलाई बुझाईने बताएका छन्।

पछिल्लो समय नेपाल मै बसेर सहजीकरण गरिरहेका परियोजना उपसंयोजक तथा मध्यपूर्व यूवा संयोजक राज रेग्मीले मध्यपूर्वका मजदुरले बढो दुख गरेर, पसिनाको थोपा थोपा बचाएर पठाएको सिलिण्डर गरिब तथा निम्न वर्गलाई सदुपयोग हुनेमा विश्वास व्यक्त गर्दै सरकारलाई यसतर्फ ध्यानाकर्षण सहित हस्तान्तरण गर्ने जानकारी दिए।

आईसिसि सल्लाहकार तथा परियोजनाका प्रमुख सल्लाहकार टीबी कार्कीले मध्यपूर्व देखि अक्सिजन सिलिण्डर नेपाल पुरयाउने अभियानमा विशेष पहल कदमी लिई सहकार्य गरेकोमा महामहिम शर्मिला पराजुली ढकालसहित एनआरएनए ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहेका संघका केन्द्रिय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघअन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्थालगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति कृतज्ञता व्यक्त गरेगरेका छन्

उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले गरेको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमनले खरिद गरेको हो।

राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन्।

कुन कुन एनसीसी को कति रकम संकल भयो ?

एनआरएनए मध्यपूर्वले आह्वान गरेको अनुरोधलाई स्व स्फूर्त स्वीकार गर्दै नेपाल सरकारको मातहतमा नेपाली जनतालाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन भन्दै यस मध्यपूर्व मजदुरहरूले स्वेच्छिक रकम उठाउन सुरु गरेका थिए।

परियोजना संयोजक आरके शर्माका अनुसार एनसीसी कतार बाट रू ३५ लाख, बहराइन बाट २० लाख ३० हजार, ओमन बाट रु १५ लाख, युएई बाट रु १५ लाख, साउदी अरब बाट रु १३ लाख र कुवेत बाट रु १० लाख गरि १ करोड ८ लाख २० हजार नेपाली रुपैयाँको प्रतिवद्धता आएको छ।

मध्यपूर्व संयोजक प्रवीण गुरुङले झन्डै सवा करोडको हाराहारीमा रकमको प्रतिबद्धता भए संगै मध्यपूर्वाबाट थप स्वास्थ्य सामग्री पठाउने तयारी रहेको जानकारी दिएका छन्।  मध्यपूर्वबाट थप रकम आउने क्रम जारी रहेको छ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस