गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख २५, २०७८ गते ३:४४ मा प्रकाशित नेपाली रक्तदाता संघ कतारले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्था नेपाली रक्तदाता संघ कतारको संयोजनमा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा संघका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका दित्तीय सचिव भट्टराईले रक्तदान पुण्यको कार्य भएको र नेपाली रक्तदाता संघ कतारको कार्य उदाहरणीय रहेको बताए ।संघका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भित्ते पात्रो प्रदान गरिएको थियो । अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।नेपाली रक्तदाता संघ कतारका अध्यक्ष कटुवालले यस्तो बिषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु भई रक्तदान गर्नु हुने सम्पूर्ण दाताहरू तथा सहयोगी संस्थाहरुलाई धन्यवाद तथा आभार प्रकट गरे ।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनएनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति,विभिन्न…नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा…गायक तथा मोडल म्याक्स नेपाललाई मुम्बईमा दुई अवार्ड धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल