गृहपृष्ठ ∕ ग्लोबल ∕ क्यानाडा ∕ क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी दमन क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी दमन दीप संञ्चार फागुन ८, २०७८ गते १७:५७ मा प्रकाशित एजेन्सी -क्यानडाको राजधानी सहर ओटावास्थित संसद भवन अगाडिको मुख्य प्रदर्शन क्षेत्रलाई क्यानडा प्रहरीले खाली गरेको छ । सरकारले ल्याएको कोभिडसम्बन्धी प्रावधानलाई लिएर प्रदर्शनकारीले तीन सातादेखि प्रदर्शन गरेका थिए ।१७० भन्दाबढी प्रदर्शनकारी र ३८ ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी हटाउन खटिएका प्रहरीहरुमध्ये कोही घोडामा चढेका थिए । उनीहरुले विरोध गर्ने केही प्रदर्शनकारीहरूलाई भुइँमा फ्याँकिदिएका थिए । उनीहरुका हातहरू पिठ्यु पछाडि बाँधिएका थिए ।प्रदर्शनकारीविरुद्धको कारवाही ओटावामा जारी रहेको प्रहरीले जनाएको छ । आन्दोलन नसकिएसम्म कारबाही जारी राखिने अन्तरिम प्रहरी प्रमुख स्टीभ बेलले बताए । केही प्रदर्शनकारीलाई प्रदर्शन क्षेत्रको मुटु मानिएको पार्लियामेन्ट हिलबाट वरपरका क्षेत्रहरुमा पुगेको बेलले बताए । ती क्षेत्रहरुबाट पनि प्रदर्शनकारीलाई हटाइने उनले बताए ।यसलाई क्यानडाको इतिहासमै अहिलेसम्मकै ठूलो प्रहरी कारबाही बताइएको छ । प्रदर्शनकारीलाई हटाउन प्रहरीले खुर्सानीको धुलो प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ । ‘प्रदर्शनकारीको आक्रमक स्वभाव रोक्न तपाईहरुले रसायनिक उत्तेजक पदार्थ प्रयोग गरेको देख्न सक्नु हुनेछ,’ प्रहरीले भनेको छ ।आफ्नै शैलीको फ्रिडम कन्भोयमाथिको दमन सुरु हुने वित्तिकै लाठी बोकेका सयौं प्रहरी प्रदर्शनकारीको जमघटको केन्द्र बनेको ओटावा झरेका थिए ।क्याटेगोरी : क्यानाडाट्याग : #प्रहरी दमन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ…नेपाली रक्तदाता संघ क्यानडा गठन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप