Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाका सामाजिक अभियन्ता कृष्ण लामिछानेको मृत्यु आत्महत्या कि हत्या ?

अमेरिकाका सामाजिक अभियन्ता कृष्ण लामिछानेको मृत्यु आत्महत्या कि हत्या ?


अमेरिकाको टेक्सासको नेपाली सुमदायका अगुवा, सामाजिक एबं एनआरएनए अभियन्ता कृष्ण लामिछानेको मंगलबार उनकै घरमा भएको असामयिक निधनपछि युएसएको नेपाली समुदाय तरङ्गित बनेको छ । संदिग्ध अवस्थामा भएको उनको मृत्युलाई लिएर अनेक आशंका र धेरै प्रश्न उब्जेका छन ।
असामयिक मृत्यु, अन्त्येष्टीको हतारो र नेपालबाट छोराको मुख हेर्ने बाबुको अनुरोध-यी तीन कुरालाई मुख्य आधार मान्दा घटना रहस्यमय बनिरहेकै बेला सामाजिक सञ्जालमा लामीछाने र उनको परिवार विवादको भिडियो क्लिप बाहिरिएको छ । सामान्य मानिसको पनि मन बैचैन बनाउने यो भिडियो क्लिपसँगै घटना थप पेचिलो बनेको छ ।
भिडियो घटना भएकै दिनको हो वा त्योभन्दा अघिको हो । त्यो एकिन नभए पनि यसले चरम हिंसाको प्रमाण प्रस्टरुपमा बोल्छ । भिडियोका पात्रहरू प्रष्ट रुपमा चिनिदैनन् तर यो भिडियो क्लिपमा पीडक, पीडित र एक साक्षीको उपस्थिति भएको प्रस्ट देखीन्छ । एक पुरूष अर्थात लामीछाने चरम हिंसा भोगिरहेका छन्, एक महिला यस्तालाई त नुन खोर्सानी हालेर झुण्याएर मार्नुपर्ने भनिरहेकी छिन् भने पीडितका भाइ भनिएका व्यक्ति पहिला भाउजुलाई त्यसो नगर्ने आशयको भनाइ राखिरहेका थिए भने पछि झुन्ड्याउनोस भाउजु भनेका थिए ।
लामिछानेको असामयिक निधनसँगै लामिछानेको नाममा बाहिरिएको यो भिडियो घटनासँगै सम्बन्धित हो भनेर एकिन भन्न नसकिए पनि प्रहरीलाई अनुसन्धानका लागि उपलव्ध गराएमा सत्यतथ्य प्रस्ट बाहिर आउन सक्छ । यसबाट प्रहरीले सजिलै तीन पात्रको पहिचान गरेर उनीहरूमार्फत् घटनाको सत्य तथ्य बाहिर ल्याउन सक्छ ।
तर, कुनै समय लामिछाने नै अध्यक्ष रहेको टेक्सास नेपाली समाज र यहाँका सामाजिक अभियन्ताहरू यो घटनालाई ‘आखिर भैहाल्यो भनेर छोपछाप’तिर लागिरहेका छन । यसले पनि घटनालाई अरू संदिग्घ र प्रश्नको घेरा अरू ठूलो बनाएको छ । घटनाको पहिलो पुष्टि गर्ने टेक्सास नेपाली समाज नै अन्त्येष्टीको हतारोमा लागेको छ । स्वर्गीय लामिछानेका बाबुको मुख हेर्ने इच्छालाई समेत बेबास्ता गर्दै शु्क्रबारका लागि तय गरिएको अन्त्येष्टी शनिबारका लागि सारिएको छ । किन सारिएको हो ?, यसको उत्तर दिन कोही पनि तयार छैनन ।
स्वर्गीय लामिछाने टेक्सासको नेपाली समुदायका मात्र हैनन, अमेरिकाको नेपाली समुदायकै एक अगुवा सामाजिक तथा एनआरएन अभियन्ता हुन । उनको निधनलाई लिएर विभिन्न संघसंस्थाहरूले शोक विज्ञप्ती तथा शोक सन्देशहरू प्रकाशित गरिरहेका छन । तर, कुनै पनि संघसंस्थाले घटनाको सत्यतथ्य छानबिको माग गरेका छैनन ।
यसले के देखाउँछ भने यि संस्था र अगुवाहरू अमेरिकाको नेपाली समुदायमा मौलाएको पारिवारिक तथा सामाजिक विखण्डनका घटनामाथि पर्दा हालेर दण्डहिनतालाई प्रशय दिइरहेका छन । अमेरिका जस्तो सभ्य र जवाफदेही मुलुकको हिस्सा भैसकेको नेपाली समुदायका लागि यो शोभा दिने कुरा हैन ।
यसैबीच स्वर्गीय लामिछानेका बाबुको राहदानीको समय सकिएको र भिसा नभएको कारण उनको छोराको मुख हेर्ने इच्छा पनि अधुरो नै रहेको छ ।
स्वर्गीय लामिछानेको शव यतिबेला शवगृहमा राखिएको छ भने पोष्ट मार्टमको रिपोर्ट अझै आइनसकेको बताइएको छ ।
सामाजिक संजाल र हामीलाई प्राप्त भएको भिडियो क्लिप हामीले अलिक समाजमा बिखन्डन ल्याउन सक्ने डरले राख्न सकेनौं । लामिछानेको असामयिक निधनसँगै भिडियो क्लिप सार्वजनिक भएकाले यो संजोग मात्र हो भन्न सकिदैन ।

भिडियो संसाद भने यस्तो छ :
महिला (आक्रोशित मुद्रामा) – किन नबोलेको भाईको अगाडि? किन अँ अँ गरेको ? भन्दिनु पर्यो नि त भाईलाई के हो ? हो कि होइन भनेर ?
पुरूष (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) – सुन्नु न भाउजु । सधै पिटेरमात्र समस्याको समाधान त नहोला नि त फेरि ।
युवती (छोरी हुन सक्छिन) : आमाले त मार्नुपर्ने हो त्यसो गरेपछि ।
महिला (जंगिदै) – चिरेर नुन खुर्सानी हाल्नुपर्ने हो । मेरो १८ बर्षको कमाई एक सुका छैन मसँग ।
पुरूष (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) : हुन्छ नुन खुर्सानी हाल्दिनु न त । चिरेर हाल्दिनु ।
महिला : यसलाई नुन खुर्सानी हालेर झुण्डाउनुपर्ने हो ।
पुरूष (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) : ल झुण्डाइदिनुस् । घरमा झुण्डाइदिनुस् ल ।
महिला (श्रीमानसँग झगडा गर्दै) – यत्रो बर्ष मलाई मारिस् नि त ।
श्रीमान (पीडा मिसिएको आक्रोशमा) – किल मी । मलाई एनी टाइम एनी थोक हुनसक्छ । कसैलाई दोष न दे । मेरो …दोष हुन्छ ओके ।
महिला- छोरी : कसरी भन्न सकेको ?
महिला : झुठ, अपराधी, पापी, मेरै कसम खाएर….
पुरूष : आइ एम गोइंग । मलाई कही जान पनि दिएको छैन…


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #breaking, #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस