गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाका सामाजिक अभियन्ता कृष्ण लामिछानेको मृत्यु आत्महत्या कि हत्या ? अमेरिकाका सामाजिक अभियन्ता कृष्ण लामिछानेको मृत्यु आत्महत्या कि हत्या ? दीप संञ्चार चैत्र ११, २०७९ गते १७:४५ मा प्रकाशित अमेरिकाको टेक्सासको नेपाली सुमदायका अगुवा, सामाजिक एबं एनआरएनए अभियन्ता कृष्ण लामिछानेको मंगलबार उनकै घरमा भएको असामयिक निधनपछि युएसएको नेपाली समुदाय तरङ्गित बनेको छ । संदिग्ध अवस्थामा भएको उनको मृत्युलाई लिएर अनेक आशंका र धेरै प्रश्न उब्जेका छन ।असामयिक मृत्यु, अन्त्येष्टीको हतारो र नेपालबाट छोराको मुख हेर्ने बाबुको अनुरोध-यी तीन कुरालाई मुख्य आधार मान्दा घटना रहस्यमय बनिरहेकै बेला सामाजिक सञ्जालमा लामीछाने र उनको परिवार विवादको भिडियो क्लिप बाहिरिएको छ । सामान्य मानिसको पनि मन बैचैन बनाउने यो भिडियो क्लिपसँगै घटना थप पेचिलो बनेको छ ।भिडियो घटना भएकै दिनको हो वा त्योभन्दा अघिको हो । त्यो एकिन नभए पनि यसले चरम हिंसाको प्रमाण प्रस्टरुपमा बोल्छ । भिडियोका पात्रहरू प्रष्ट रुपमा चिनिदैनन् तर यो भिडियो क्लिपमा पीडक, पीडित र एक साक्षीको उपस्थिति भएको प्रस्ट देखीन्छ । एक पुरूष अर्थात लामीछाने चरम हिंसा भोगिरहेका छन्, एक महिला यस्तालाई त नुन खोर्सानी हालेर झुण्याएर मार्नुपर्ने भनिरहेकी छिन् भने पीडितका भाइ भनिएका व्यक्ति पहिला भाउजुलाई त्यसो नगर्ने आशयको भनाइ राखिरहेका थिए भने पछि झुन्ड्याउनोस भाउजु भनेका थिए ।लामिछानेको असामयिक निधनसँगै लामिछानेको नाममा बाहिरिएको यो भिडियो घटनासँगै सम्बन्धित हो भनेर एकिन भन्न नसकिए पनि प्रहरीलाई अनुसन्धानका लागि उपलव्ध गराएमा सत्यतथ्य प्रस्ट बाहिर आउन सक्छ । यसबाट प्रहरीले सजिलै तीन पात्रको पहिचान गरेर उनीहरूमार्फत् घटनाको सत्य तथ्य बाहिर ल्याउन सक्छ ।तर, कुनै समय लामिछाने नै अध्यक्ष रहेको टेक्सास नेपाली समाज र यहाँका सामाजिक अभियन्ताहरू यो घटनालाई ‘आखिर भैहाल्यो भनेर छोपछाप’तिर लागिरहेका छन । यसले पनि घटनालाई अरू संदिग्घ र प्रश्नको घेरा अरू ठूलो बनाएको छ । घटनाको पहिलो पुष्टि गर्ने टेक्सास नेपाली समाज नै अन्त्येष्टीको हतारोमा लागेको छ । स्वर्गीय लामिछानेका बाबुको मुख हेर्ने इच्छालाई समेत बेबास्ता गर्दै शु्क्रबारका लागि तय गरिएको अन्त्येष्टी शनिबारका लागि सारिएको छ । किन सारिएको हो ?, यसको उत्तर दिन कोही पनि तयार छैनन ।स्वर्गीय लामिछाने टेक्सासको नेपाली समुदायका मात्र हैनन, अमेरिकाको नेपाली समुदायकै एक अगुवा सामाजिक तथा एनआरएन अभियन्ता हुन । उनको निधनलाई लिएर विभिन्न संघसंस्थाहरूले शोक विज्ञप्ती तथा शोक सन्देशहरू प्रकाशित गरिरहेका छन । तर, कुनै पनि संघसंस्थाले घटनाको सत्यतथ्य छानबिको माग गरेका छैनन ।यसले के देखाउँछ भने यि संस्था र अगुवाहरू अमेरिकाको नेपाली समुदायमा मौलाएको पारिवारिक तथा सामाजिक विखण्डनका घटनामाथि पर्दा हालेर दण्डहिनतालाई प्रशय दिइरहेका छन । अमेरिका जस्तो सभ्य र जवाफदेही मुलुकको हिस्सा भैसकेको नेपाली समुदायका लागि यो शोभा दिने कुरा हैन ।यसैबीच स्वर्गीय लामिछानेका बाबुको राहदानीको समय सकिएको र भिसा नभएको कारण उनको छोराको मुख हेर्ने इच्छा पनि अधुरो नै रहेको छ ।स्वर्गीय लामिछानेको शव यतिबेला शवगृहमा राखिएको छ भने पोष्ट मार्टमको रिपोर्ट अझै आइनसकेको बताइएको छ ।सामाजिक संजाल र हामीलाई प्राप्त भएको भिडियो क्लिप हामीले अलिक समाजमा बिखन्डन ल्याउन सक्ने डरले राख्न सकेनौं । लामिछानेको असामयिक निधनसँगै भिडियो क्लिप सार्वजनिक भएकाले यो संजोग मात्र हो भन्न सकिदैन ।भिडियो संसाद भने यस्तो छ :महिला (आक्रोशित मुद्रामा) – किन नबोलेको भाईको अगाडि? किन अँ अँ गरेको ? भन्दिनु पर्यो नि त भाईलाई के हो ? हो कि होइन भनेर ?पुरूष (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) – सुन्नु न भाउजु । सधै पिटेरमात्र समस्याको समाधान त नहोला नि त फेरि ।युवती (छोरी हुन सक्छिन) : आमाले त मार्नुपर्ने हो त्यसो गरेपछि ।महिला (जंगिदै) – चिरेर नुन खुर्सानी हाल्नुपर्ने हो । मेरो १८ बर्षको कमाई एक सुका छैन मसँग ।पुरूष (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) : हुन्छ नुन खुर्सानी हाल्दिनु न त । चिरेर हाल्दिनु ।महिला : यसलाई नुन खुर्सानी हालेर झुण्डाउनुपर्ने हो ।पुरूष (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) : ल झुण्डाइदिनुस् । घरमा झुण्डाइदिनुस् ल ।महिला (श्रीमानसँग झगडा गर्दै) – यत्रो बर्ष मलाई मारिस् नि त ।श्रीमान (पीडा मिसिएको आक्रोशमा) – किल मी । मलाई एनी टाइम एनी थोक हुनसक्छ । कसैलाई दोष न दे । मेरो …दोष हुन्छ ओके ।महिला- छोरी : कसरी भन्न सकेको ?महिला : झुठ, अपराधी, पापी, मेरै कसम खाएर….पुरूष : आइ एम गोइंग । मलाई कही जान पनि दिएको छैन…क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #breaking, #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै