Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारबाइडेनको भ्रमण अघि मेक्सिकोद्वारा “एल चापो” का छोरा पक्राउ

बाइडेनको भ्रमण अघि मेक्सिकोद्वारा “एल चापो” का छोरा पक्राउ


अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमण अघि मेक्सिकोले “एल चापो” का छोरालाई पक्राउ गरेको छ ।

मेक्सिकोका सुरक्षा बलहरूले ओभिडियो गुज्म्यानलाई पक्राउ गरेको जनाएको छ । संयुक्त राज्य अमेरिकाले खोज गरेको एक कथित लागूऔषध तस्कर र सिनालोआ कार्टेल९उत्पादक संघ०का पूर्व प्रमुख ह्वाकिन “एल चापो” गुजम्यानका छोराहरूमध्ये एकलाई बिहीबार बिहान संचालन गरेको कारवाईमा पक्राउ गरेको छ ।

रक्षा सचिव लुइस क्रेसेन्सियो स्यान्डोभलका अनुसार सेना र राष्ट्रिय सुरक्षाकर्मीहरूले “एल चापो” को एक छोरालाई समातेको बताए ।

यस पटक सिनालोआका स्थानीय र राज्य अधिकारीहरूले बासिन्दाहरूलाई भित्रै बस्न चेतावनी दिएका छन् । स्थानीय सरकारी गतिविधिहरू निलम्बित गरेका छन् र बिद्यालयहरू बन्द गरिएको छ । मेक्सिकोको सेनाले कुलियाकानको विमानस्थल समेत बन्द गरेको छ।

लोपेज ओब्राडोरले द्विपक्षीय वार्ताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ,क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिन अघि उनीलाई पक्राउ गरिएको हो । लागुऔषधको तस्करी र अध्यागमनको सेरोफेरोमा नेताहरूसंग वार्तालाप हुने अपेक्षा गरिएको एबिसीन्युजले समाचारमा उल्लेख गरेको छ ।

अमेरिकी विदेश विभागले ओभिडियो गुज्मान-लोपेजलाई गिरफ्तार गर्ने वा दोषी ठहराउने जानकारीको लागि ५० लाख ९५ मिलियन ०सम्मको इनाम प्रस्ताव गरेको थियो।

तस्बिर कृतज्ञता :सेड़ेना मेक्सिको


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस