गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ क्रिप्टोकरेन्सी (गुप्तमुद्रा)का उधमी साम बैंकम्यान-फ्राइड १६ अर्ब डलर टाट पल्टिए पछि फरार रहेका उनलाई बहामासमा पक्राउ क्रिप्टोकरेन्सी (गुप्तमुद्रा)का उधमी साम बैंकम्यान-फ्राइड १६ अर्ब डलर टाट पल्टिए पछि फरार रहेका उनलाई बहामासमा पक्राउ दीप संञ्चार मंसीर २७, २०७९ गते १३:१४ मा प्रकाशित अमेरिकामा एक हप्ता भित्रमा क्रिप्टोकरेन्सी (गुप्तमुद्रा)का उधमी १६ बिलियन(अर्ब)बाट टाट पल्टिए पछि फरार रहेका उनलाई बहामासमा पक्राउ गरिएको छ । उनको कारोवार एक हप्ता भन्दा कम समय अवधिमा सबै १६ बिलियन डलर (अर्ब डलर) शुन्य मुल्यमा झरेको थियो ।अमेरिकी अभियोजकहरूले उनी विरुद्ध आपराधिक आरोप लगाए पछि फ्राइडलाई सोमबार बहामासमा गिरफ्तार गरिएको थियो । बैंकम्यान-फ्राइडलाई नासाउमा सोमबार बेलुका ६ बजे पछि आफ्नो आवास गृहमा कुनै घटना बिना नै गिरफ्तार गरिएको थियो । उनलाई मंगलबार अदालतमा उपस्थित हुने तयारी गरिएको रोयल बहामास प्रहरी बलले एक विज्ञप्तिमा जनाएका छन् ।उनि मङ्गलबार अमेरिकी आवास वित्तीयन सेवा समिति (युएस हाउस फाइनान्सियल सर्भिसेस कमिटी)मा भर्चुअल (परोक्ष) रूपमा उपस्थित हुने तालिका थियो ।द न्यूयोर्क टाइम्सले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै बैंकम्यान-फ्राइड विरुद्ध बिधुतिय आदान प्रदान ठगी, बिधुतिय जालसाजी षड्यन्त्र, धितोपत्र जालसाजी, धितोपत्र जालसाजी षड्यन्त्र र धनशोधन (मनी लान्ड्रिङ) समावेश गरेको बताएको छ।ब्लूमबर्गका अनुसार फ्राइडसँग १६ बिलियन डलर रहेको थियो तर उनको क्रिप्टो लेनदेन (गुप्तमुद्रा एक्सचेन्ज) एफटिएक्स पुरै पतन हुन् पुग्यो । ब्लूमबर्गले उनको सम्पतिलाई “इतिहासको सबैभन्दा ठूलो धनको विनाश मध्ये एक” भनि सज्ञा दिएको थियो । उनि प्रमुख कार्यकारी थिए भने उनले राजीनामा दिनु परेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप