Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाको म्यासाचुसेट्सको समुन्द्र तटमा महिलाले पनि शरीरको माथिल्लो भागमा वस्त्र नलगाई जान सकिने अनुमति

अमेरिकाको म्यासाचुसेट्सको समुन्द्र तटमा महिलाले पनि शरीरको माथिल्लो भागमा वस्त्र नलगाई जान सकिने अनुमति


अमेरिकाको म्यासाचुसेट्स राज्यको समुन्द्र तटमा पुरुष र महिलाले शरीरको माथिल्लो भागमा वस्त्र नलगाई जान सकिने कानुन पारित भएको छ । अर्थात् समुन्द्रतटमा पौडी खेल्दा या त्यहाँ रहेको लोकप्रिय नान्टकेट (समुन्द्र किनारा)मा महिलाहरुले समेत टपलेस (कम्मर माथि निवस्त्र )संग मनोरंजन गर्न पाइने भएको छ । त्यहाँ अब देखि महिला तथा पुरुषहरू दुवैले शरीरको माथिल्लो भागमा लुगा लगाई रहनु नपर्ने कानुनी अधिकार प्राप्त भएको छ । पुरुषलाई कहिले बाधा अड्चन थिएन भने महिलाको हकमा पहिलो कानुनि मान्यता प्राप्त गरेको हो।

यस वर्षको सुरुमा, स्थानीय नेतृत्वको “समुद्री तटहरूमा लैङ्गिक समानता” अभियानले एउटा उपनियम संशोधन प्रस्ताव गर्‍यो जसले कुनै पनि लिङ्गका जो कोहीलाई पनि टापुको समुद्र तटमा कम्मरबाट माथि नाङ्गो जान सकिने कानुन बनाएको छ ।

यद्यपि मतदाताहरूले गत मे मा प्रस्तावित उपनियममा पहिले नै हो मतदान गरिसकेका थिए, तर म्यासाचुसेट्स महान्यायाधिवक्ता मौरा हेलीले डिसेम्बर ६ मा यसलाई अनुमोदन गरेपछि निर्णय आधिकारिक भएको छ ।

यसअघिको कानुन अनुसार टापुमा नाङ्गो (टपलेस )भएको पाइएमा महिलालाई ३ सय डलर जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुन सक्ने थियो भनि सिएनएनले समाचार लेखेको छ ।

उनको कार्यालयले जारी गरेको कागजातमा हेलीले नान्टकेटको निर्णय विवादास्पद हुनसक्ने तर राज्यको कुनै पनि कानुनसँग नबाझिएको बताइन्।

“हामीले कुनै पनि व्यक्तिलाई नान्टकेट मा कुनै पनि सार्वजनिक वा निजी समुद्र तटमा नाङ्गो जान अधिकार दिने नगरको मतलाई अनुमोदन गर्छौं किनभने हामी मत र संविधान वा राष्ट्रमंडलको कानूनहरू बीच कुनै द्वन्द्व छैन भनी बुझ्दैनौं। शहरले कुन गतिविधिहरूलाई अनुमति दिनेछ भनेर छनौट गर्ने अधिकार भएको उनले लेखिन्।

अमेरिकन सिभिल लिबर्टीज युनियन(संघ)ले उपनियमको समर्थनमा पत्र बुझाएको हेलीले बताईन ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस