Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारचीनविरुद्ध सिन्ज्याङको साटो ताइवानलाई किन उचाल्दैछ अमेरिका ?

चीनविरुद्ध सिन्ज्याङको साटो ताइवानलाई किन उचाल्दैछ अमेरिका ?


सन् २०२२ मा युक्रेन युद्ध शुरू भएपछि अमेरिकाको बाइडन प्रशासनले चीनको घेराबन्दीका लागि सिन्ज्याङ भन्दा पनि ताइवान महत्त्वपूर्ण रहेको निर्णय लिएको देखिन्छ ।

यो किन भनिएको हो भने अघिल्लो ट्रम्प प्रशासनका परराष्ट्रमन्त्री माइक पम्पेओले सिन्ज्याङमा चीन सरकारले नरसंहार गरेको आरोप लगाएका थिए र त्यस नरसंहारको भाष्यलाई स्थापित गराएका थिए । चीनलाई घेराबन्दी गर्नका लागि अमेरिकाले सिन्ज्याङको बाटो रोज्ने लक्षण त्यसबाट देखिएको थियो ।

तर बाइडन प्रशासनले ताइवानमार्फत चीनको घेराबन्दी थप सहज हुने निष्कर्ष निकालेको देखिन्छ ।

हुन त यसबीचमा संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले सिन्ज्याङमा चीन सरकारले दमन गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गरेको छ । तर बेइजिङमा आयोजित शीतकालीन ओलम्पिकको बेलामा चर्कोसँग उठाइएको सिन्ज्याङको विषय अहिले चिसिएको पाइन्छ ।

त्यसपछि चाहिँ चीनविरुद्ध तनाव बढाउनका लागि अमेरिकाले ताइवानको विषयलाई लगातार उठाइरहेको छ ।

अमेरिकाको हिन्द–प्रशान्त रणनीतिका लक्ष्यहरू हासिल गर्नका लागि सिन्ज्याङ भन्दा ताइवान सैन्य तथा रणनीतिक रूपमा बढी महत्त्वपूर्ण रहेको ह्वाइट हाउसले सोच बनाएको छ ।

युक्रेनमा युद्ध गराउँदा युरोपमाथि आफ्नो प्रभुत्व मजबुत बनाउन सकिएको कुरालाई विचार गर्दै अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा प्रभाव विस्तारका लागि ताइवान उपयुक्त थलो भएको निष्कर्ष निकालेको देखिन्छ ।

सिन्ज्याङबाट अर्को कुनै रणनीतिक उद्देश्य वा राजनीतिक लक्ष्य हासिल गर्न सकिने अवस्था नदेखुन्जेल सिन्ज्याङको विषयलाई अमेरिकाले उठाउने छैन ।

सिन्ज्याङलाई चीनविरुद्धको आक्रमणका लागि हतियारका रूपमा अमेरिकाले उपयोग गर्न खोजेको विषयमा उदाहरण हेर्नुछ भने गूगलमा एड्रियन जेन्ज सर्च गर्दा हुन्छ । यी जेन्जले सिन्ज्याङमा चीन सरकारले नरसंहारका गरेको भन्ने झूटो भाष्य फैलाउन अनेकौं सामग्री राखेका छन् ।

तर गत मे महिनादेखि यी पात्र मूलधारे सञ्चारमाध्यममा देखिएका छैनन् । त्यसबाट नै थाहा हुन्छ, सिन्ज्याङ अहिले अमेरिकाको प्राथमिकतामा छैन ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस