गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ राष्ट्रपति बाइडेन तथा जी ७ नेताहरूद्वारा युक्रेनमा रुसको झुटो जनमत संग्रहको निन्दा राष्ट्रपति बाइडेन तथा जी ७ नेताहरूद्वारा युक्रेनमा रुसको झुटो जनमत संग्रहको निन्दा दीप संञ्चार असोज ८, २०७९ गते १९:१३ मा प्रकाशित राष्ट्रपति जो बाइडेन तथा जी ७ नेताहरुले युक्रेनको कब्जा गरेको भूभागमा रुसले गरेको नक्कलीर झुटो जनमत संग्रहको निन्दा गरेका छन् । उनीहरुले युक्रेनी सार्वभौम क्षेत्रको स्थिति परिवर्तन गर्नको लागि नक्कली जनमत संग्रह रूसी प्रयास अवैधानिक रहेको बताएका छन् ।“यी कार्यहरूले स्पष्ट रूपमा संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दछ र राष्ट्रहरू बीचको कानूनको शासनको विरुद्धमा जान्छ,” सबै नेताहरूले संयुक्त विज्ञप्तिमा भने ।जी७ ले यी जनमत संग्रहलाई कहिल्यै मान्यता नदिने प्रतिज्ञा गरेको उक्त बिज्ञप्तिमा जनाईएको छ । युक्रेनी भूभागलाई बिलय गर्ने रुसको उक्त प्रयासको बिरोध गर्नुको साथै यदि बिलय भएमा हामी कथित विलयलाई कहिल्यै मान्यता दिनेछैनौं ,बिज्ञप्तिमा उल्लेख छ ।उनीहरूले रूस र यसका प्रतिनिधिहरूले सुरु गरेका यी जनमत संग्रहको कुनै कानुनी प्रभाव वा वैधता नहुने बताए । साथै यसले कुनै पनि हिसाबले लोकतान्त्रिक मानदण्डहरूको सम्मान गर्दैन भनि बिज्ञप्तिमा भनिएको छ ।“संयुक्त राज्य अमेरिकाले युक्रेनको भूभागलाई युक्रेनको भाग बाहेक अरू कुनै कुराको रूपमा कहिल्यै मान्यता दिने छैन,” बाइडेनले आफ्नो विज्ञप्तिमा भने।अमेरिकाले “रूसमाथि थप द्रुत र गम्भीर आर्थिक प्रतिबन्धहरु लाध्ने हाम्रा सहयोगी र साझेदारहरूसँग काम गर्नेछ।” उनले भने ।साथै रुसले घोषणा गर्ने जुनसुकै मनगढन्ते नतिजालाई अस्वीकार गर्न अमेरिका अन्य राष्ट्रहरूसँग संलग्न हुने उनले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका, #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल