Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकी न्याय विभाग : हजारौं पीडित हुन सक्ने मानव बेचबिखनमा संलग्न ८ जनालाई पक्राउ

अमेरिकी न्याय विभाग : हजारौं पीडित हुन सक्ने मानव बेचबिखनमा संलग्न ८ जनालाई पक्राउ


हजारौं पीडित हुन सक्ने मानव बेचबिखनमा संलग्न ८ जनालाई पक्राउ गरिएको अमेरिकी न्याय बिभागले जनाएको छ ।

सङ्घीय अधिकारीहरूले हजारौं आप्रवासीहरूलाई उत्पीड़ित गरेको आरोपमा आठ जनालाई मंगलबार पक्राउ गरिएको छ ।

अधिकारीका अनुसार एर्मिनिया सेरानो पिएड्रा, जसलाई “बस लेडी” नामले चिनिन्छ । उनि सहित अन्य सात जनासँग मानव तस्कर संचालन गरेको आरोप लगाईएको संघीय अभियोजकहरूले पत्रकारहरूलाई भने।

उनीहरुका अनुसार अलाबामा, लुजियाना ,मिसिसिपी र टेक्ससमा मानव जीवनलाई खतरामा पार्दै आर्थिक लाभका लागि गैर(नागरिकलाई ढुवानी गरेको आरोपमा आठ जनालाई पक्राउ गरिएको हो ।

न्याय विभागले कारवाईसँग जोडिएको कथित सम्पत्तिमा २।३ मिलियन डलर अर्थात् २ करोड ३० लाख डलर पनि खोजिरहेको एबिसीन्यूजले जनाएको छ । न्याय विभागले मालबाहक गाडीको पछाडी मानव तस्करी गरि रहेको ८१ जना प्रवासीहरु कोचिएर बसेको तस्बिर समेत देखाएको छ ।

न्याय विभागका अधिकारीहरूले बताए अनुसार आप्रवासी पीडितहरूमा कोलम्बिया, ग्वाटेमाला र मेक्सिकोका नागरिकहरू रहेका छन् ।

न्याय विभागका अनुसार आप्रवासीहरूलाई ढुवानी गर्न प्रयोग हुने सवारी साधनहरू चलाउनेहरूलाई सम्भवतः प्रति व्यक्ति २,५०० डलर तिरेको जनाएका छन् । हालैका महिनाहरूमा आपराधिक ओसारपसारमा संलग्न भएको आशंकामा करिब ५,००० मानिसहरूलाई पक्राउ गरेको छ।

“न्याय विभागले हाम्रो समुदायलाई खतरामा पार्ने, आप्रवासीहरूलाई दुर्व्यवहार र शोषण गर्ने, र हाम्रो राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने मानव तस्करी र बेचबिखन समूहहरू विरुद्ध लड्नका लागि हाम्रो पूर्ण स्रोतहरू ल्याउन जारी राख्नेछ।”भनि जनाएको छ ।

तस्बिर कृतज्ञता : अमेरिकी न्याय बिभाग तथा एबिसीन्युज


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस