Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारटेक्ससको ह्युस्टनमा बन्दुकधारीले भवनमा आगजनी गरि भाग्ने मानिसहरुलाई गोली हान्दा संदिग्ध सहित ४ जनाको मृत्यु ,२ जना घाइते

टेक्ससको ह्युस्टनमा बन्दुकधारीले भवनमा आगजनी गरि भाग्ने मानिसहरुलाई गोली हान्दा संदिग्ध सहित ४ जनाको मृत्यु ,२ जना घाइते


अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा एक बन्दुकधारीले भवनमा आगजनी गरि भाग्ने मानिसहरुलाई गोली हान्दा ४ जनाको मृत्यु हुनुको साथै २ जना घाइते भएका छन् ।

कालो पहिरन लगाएका एक व्यक्तिले एक भवनमा आगजनी र त्यसपछि भागिरहेका मानिसहरूलाई गोली हानेपछि आइतबार बिहान कम्तिमा चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको ह्युस्टनका प्रहरी प्रमुख ट्रोय फिनरले पत्रकार सम्मेलनमा बताए।

मारिएका चार मध्ये संदिग्ध पनि थिए, फिनरले भने। पीडितहरू सबै पुरुषहरु ४०-६० वर्ष बीचका रहेका छन् । प्रहरी र अग्नि नियन्त्रणहरूलाई बिहान १:०७ बजेको समयमा धेरै जनाले खबर गरेको प्रहरीले बताए ।

दुर्भाग्यवस संदिग्धले धेरै मानिसहरुका आवासगृहमा आगो लगाइ दियो ,फिनरले भने। संदिग्धले त्यसपछि “ती बासिन्दाहरूलाई बाहिर निस्कने क्रममा उनीहरूमाथि गोली हान्यो,” उनले भने।

उक्त घटना ८०२० डनल्याप स्ट्रिट (मार्ग)नजिकैको धेरै कोठाहरु भएको सुविधामा भएको थियो । आगो निभाउन पहिले दमकलको टोली घटनास्थलमा पुगेपनि त्यहाँ पुगेपछि बन्दुकधारीको कारण पछि हट्नु परेको उनले बताए ।

संदिग्धले गोली चलाउन थाले। केही समय पछि ह्युस्टन प्रहरीहरु आइपुगे र संदिग्धलाई बहुकोठा भएको भाडा घरबाट नजिक सडकको छेउमा सवारी साधन अड्डा (पार्किङ)मा भेट्टाए, फिनरले भने।

संदिग्ध एक अफ्रिकी अमेरिकी पुरुष भएको र उनले कालो पोशाक लगाएका थिए भनि सिएनएनले समाचार लेखेको छ । उनको उमेर लगभग ४० वर्षको भएको फिनरले भने ।

७ बर्षका अनुभव भएका एक प्रहरी अधिकारीले संदिग्धलाई गोली चलाउदा उनको मृत्यु भएको छ । जिल्ला वकिलको कार्यालयले घटनाको अनुसन्धान गरिरहेको छ, र ह्युस्टन प्रहरी विभागले आफ्नै अनुसन्धान गरिरहेको छ, फिनरले भने।

स्मरण रहोस ,यस्तै घटना २-३ बर्ष अगाडी मेरिल्याण्ड राज्यको बाल्टिमोरमा पनि घट्दा एक होनहार नेपाली युवकको निधन भएको थियो । बाल्टिमोरमा पनि घर आगो लाग्दा मानिसहरु भाग्ने क्रममा बन्दुकधारीले गोली चलाउदा नेपाली बिद्यार्थीको मृत्यु भएको र एक जना नेपाली गम्भीर घाइते भएका थिए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस