Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकी तल्लो सदनद्वारा आक्रमण शैलीका हतियारमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

अमेरिकी तल्लो सदनद्वारा आक्रमण शैलीका हतियारमाथि प्रतिबन्ध लगाउने विधेयक पारित


अमेरिकी प्रतिनिधिसभाले जुलाई २९ शुक्रबारका दिन आक्रमण शैलीका हतियारमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । लामो संघर्ष पश्च्यात अन्तत्वगत्वा मतदानको घोषणा सभामुख न्यान्सी पेलोसीले गरेकी छिन ।

पारित हुनु पर्छ भन्ने पक्षमा २१७ र हुदैन भन्ने पक्षमा २१३ मत परेको थियो ।

दुई रिपब्लिकन सांसदहरू मध्ये पेन्सिलभेनियाका प्रतिनिधि ब्रायन फिट्जप्याट्रिक र न्यूयोर्कका क्रिस ज्याकब्सले बिधेयकको समर्थनमा मतदान गरेका थिए ।

प्रतिबन्ध “बन्दुक हिंसाको घातक महामारी विरुद्धको हाम्रो चलिरहेको लडाईमा एक महत्वपूर्ण कदम हो । ” उनले भनिन ।

“हाम्रो राष्ट्रले अवर्णनीय भय देखेको छ किनकि देश भरिका समुदायहरूमा नरसंहार पछि नरसंहारमा आक्रमण हतियारहरू प्रयोग भएका छन् ,” उनले विधेयकमा बहसको क्रममा सभाकक्षमा भनिन्।

उनले अगाडी भनिन ” धेरै सामूहिक गोलाबारीहरूले हाम्रा बहुमूल्य बच्चाहरूलाई, हाम्रा विद्यालयहरूमा, चलचित्रहरूमा,बिशाल बजारहरूमा र हाम्रा समुदायहरूमा लक्षित गरेका छन्।”

राष्ट्रपति जो बाइडेनले आक्रमण हतियार प्रतिबन्ध पारित गरे पछि एक विज्ञप्ति जारी गर्दै सिनेटलाई छिटो कार्य गर्न आह्वान गरे।

“बहुमत अमेरिकी जनता यो सामान्य बुद्धिको कार्यसँग सहमत छन । सिनेटले यो विधेयकलाई मेरो डेस्कमा ल्याउनको लागि तुरुन्तै अघि बढ्नुपर्छ, र म यो नभएसम्म मेरो लडाई जारी रहने छ,” बाइडेनले वक्तब्यमा भनेका छन् ।

आक्रमण हतियार प्रतिबन्ध पारित भएको लगभग दुई दशक पछि कांग्रेसले त्यस्ता प्रतिबन्धहरूलाई समाप्त गर्न अनुमति दिएको छ। डेमोक्र्याटिक सांसदहरूले त्यस पछि सामूहिक गोलाबारी तीन गुणा भएको बताएका छन्।

यदि यो विधेयक लागू भएमा जानेर जानी जानीकन आयात, बिक्री, निर्माण, स्थानान्तरण, वा अर्ध स्वचालित आक्रमण हतियार वा ठूलो क्षमताको गोलाबारुद उपकरण राख्नु अपराध हुनेछ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस