Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाको कनेक्टिकट राज्यमा ३ सन्तानको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या

अमेरिकाको कनेक्टिकट राज्यमा ३ सन्तानको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या


अमेरिकाको कनेक्टिकट राज्यमा एक आमाले आफ्नो ज्यान लिनुअघि आफ्ना तीन सन्तानको हत्या गरेको ड्यानबरी प्रहरी विभागले बिहीबार बताएको छ ।

प्रहरीले आमा ३६ वर्षीया सोनिया लोजा र उनका तीन छोराछोरी १२ वर्षीय जुनियर पञ्जोन रहेको बताएका छन । यसै अन्य सन्तानहरुमा १० बर्षिय जोसेलिन पञ्जोन र ५ बर्षका जोनल पञ्जोन रहेका छन।

“हाम्रो शहरमा हिजो साँच्चिकै डरलाग्दो घटना भयो र हामी दुखद क्षतिप्रति शोक व्यक्त गर्दछौं। आगामी दिनहरूमा ड्यानबरी सरकारी बिधालयहरु र ड्यानबरी शहरको सहकार्यमा मानसिक स्वास्थ्य र परामर्श सेवाहरू प्रदान गरिनेछ। निर्दोषको ज्यान लिइएको छ।ड्यानबरीका नगर प्रमुख डिन एस्पोसिटोले एक विज्ञप्तिमा भने।

स्थानिय सॅचार माध्यमका अनुसार विचलित र रोइरहेको कसैले ९११ मा खवर गरे प्रहरीले गत बुधबार राति चारै शव फेला पारेका थिए ।

आमाले आत्महत्या गर्नुअघि छोराछोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ ।

शव परीक्षणको लागि बिहीबारको फार्मिंगटन कनेक्टिकटको मुख्य चिकित्सा परीक्षकको कार्यालयमा निर्धारित गरिएको अधिकारीले बताए।

घरमा अन्य दुई वयस्कसँग परिवार बसेको प्रहरीले जनाएका छन।

प्रहरीहरु घटनास्थलमा पुग्दा वयस्कहरू उपस्थित थिएनन्, तर उनीहरू र परिवारका अन्य सदस्यहरूलाई सम्पर्क गरी घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #आत्महत्या, #हत्या

तपाईको प्रतिक्रिया दिनुहोस