Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु


मेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख २८ हजार १५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४३९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई २६ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा १०% वृद्धि भएको छ भने अहिले सम्म कूल ९ करोड ४ लाख १५ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ४२ हजार ८ सय ६२ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १२% वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ८ सय २९ जना भर्ना भएका छन् भने १२%भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख २३ हजार ८ सय ५३ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २९ लाख ५० हजारले १ सय ९४ ले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७७ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.८ % पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ७४ लाख ६८ हजारले लिई सकेका छन् । यसैगरी ५० बर्ष भन्दा माथिले दोश्रो अभिवर्धक खोप (बुस्टर)१ करोड ९० लाख ९४ हजारले ८ सय ६६ ले लगाई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २६ करोड १२ लाख ४ हजार पुगेको छ । यसैगरी १२ बर्ष माथिका बालबालिकाले ७५.५ % र ५ बर्ष भन्दा माथिका बालबालिकाहरुले ७१.४ % पूर्ण खोप लगाई सकेका छन ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #कोरोना

तपाईको प्रतिक्रिया दिनुहोस