Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारटेक्ससमा घोडा सवारी भेला तथा संगीत-समारोहमा गोली चल्दा ५ जना घाइते

टेक्ससमा घोडा सवारी भेला तथा संगीत-समारोहमा गोली चल्दा ५ जना घाइते


अमेरिकाको टेक्सस राज्यमा एक घोडा सवारी भेला तथा संगीत-समारोहमा गोली चल्दा ५ जना घाइते भएका छन् ।

टेक्ससको एक भटभटे संघ (मोटरसाइकल क्लब)ले आइतबार बिहान आयोजना गरेको घोडा सवारी संगीत(समारोह (ट्रेल राइड कन्सर्ट)मा गोली चल्दा पाँच जना घाइते भएका हुन् ।

स्मिथ काउन्टी शेरिफको कार्यालयले बिहान १२:३५ बजे विनोनामा भएको कार्यक्रममा गोलाबारी भएको खबर प्राप्त गरेको एक समाचार विज्ञप्तिमा उल्लेख गरेको छ ।

संगीत -समारोह नजिकै “एक वा बढी घोडा सवारी समूह” ले भीडमा गोली हानेको प्रत्यक्षदर्शीहरूले अन्वेषकहरूलाई बताए । कार्यक्रममा सहभागीहरूले संगीत (समारोह प्रवेश गर्न अनुमति दिनु अघि जफत गरेका सुरक्षाकर्मीहरूबाट आफ्ना बन्दुकहरू फिर्ता लिएपछि दोस्रो पटक गोली हानाहान भएको थियो ।

प्रहरीहरु आइपुगेपछि पनि तेस्रो पटक गोलाबारी भएको थियो । प्रहरीहरुका अनुसार तेस्रो गोलीबारी पछि घटनास्थलमा कुनै नयाँ पीडितहरू फेला नपरेको समाचार विज्ञप्तिमा भनिएको छ।

गोली लागेका मध्ये चार जनालाई इलाका अस्पतालमा लगिएको शेरिफको कार्यालयले जनाएको सिएनएनले समाचार प्रकाशित गरेको छ । अनुहारमा गोली लागेको एक व्यक्तिलाई गम्भीर अवस्थामा टेक्ससको टायलर शहरको अस्पतालमा उदग्रबिमान (हेलिकप्टर)बाट लागिएको छ ।

अनुसन्धानकर्ताहरूले साक्षीहरूको अन्तर्वार्ता लिइरहेको समाचार विज्ञप्तिमा भनिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #गोली

तपाईको प्रतिक्रिया दिनुहोस