Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार

अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार


अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार गरिएको छ । आइतबार बिहान ठूलो जमघटमा गोली चलेको प्रहरीले जनाएका छन् ।

वासिङ्टनको राज्यको टकोमाको औद्योगिक क्षेत्रमा आयोजित एक नृत्य समारोह ९डान्स पार्टी०मा आइतबार बिहान गोली चल्दा कम्तीमा आठ जना घाइते भएका प्रहरी विभागले जनाएको छ ।

गोलाबारी १२:४५ बजे बिहान दक्षिण टाकोमाको एक निजी स्थानमा भएको थियो । प्रहरीका अनुसार अधिकांश सवारी साधन व्यवसाय (कार डिलरशिप र अटो) मर्मत पसलहरू भरिएको क्षेत्रमा रहेको घटनास्थलको पछाडिको गल्लीमा भएको बहसको क्रममा बन्दुकधारीले गोली चलाएका थिए ।

प्रहरीले तुरुन्तै अपराध स्थल वरपरका सडकहरू बन्द गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

तुरुन्तै प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरूको उपचार गर्न थालेका थिए ।

मृत्यु भएको हाल कुनै जानकारी छैन भनेअहिले सम्म गिरफ्तारी गरिएको कुनै घोषणा गरिएको छैन ।

पीडित हरु सबै खतरामुक्त छन् भने स्थिर अवस्थामा अस्पतालमा भर्ना गरिएको टकोमा प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #गोली

तपाईको प्रतिक्रिया दिनुहोस