Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस

अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस


अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ ।

सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध लगाउन राज्यहरूलाई अगाडी बढ्न संकेत दिएको छ । यसको बिरोधमा चर्का नारा ,जुलुस प्रदर्शन भै रहेका छन् भने डेमोक्र्याटिकलाई ठूलो धक्का लागेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला राष्ट्रका लागि ‘दुःखको दिन’ भएको बताएका छन् ।

राष्ट्रपति जो बाइडेन,सभामुख न्यान्सी पेलोसी लगायतले व्यापक बिरोध गरेका छन् भने यता रिपब्लिकनहरुले खुशी व्यक्त गरेका छन् । अमेरिकाका जताततै र विभिन्न राज्यहरुमा बिरोध जुलुस प्रदर्शन भै रहेको छ । सर्वोच्च अदालत अगाडी जुलुस प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतका न्यायाधिशहरुले ६-३ ले पारित गरेका छन् । अमेरिकी सर्वोच्च अदालतमा हाल ६ जना रुढीवादी न्यायाधिश(रिपब्लिकन) तथा ३ जना (डेमोक्र्याट )उदारवादी रहेका छन् ।

सदनकी सभामुख न्यान्सी पेलोसीले उक्त निर्णयलाई “महिलाको अनुहारमा थप्पड” भनि आक्रोश व्यक्त गरेकी छिन ।

सर्वोच्च अदालतले शुक्रबार आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । बिश्वका अत्यधिक नेताहरुले अमेरिकी सर्वोच्चको निर्णय प्रति बिरोध गरेका छन् । सयुक्त राष्ट्र संघले पनि सर्वोच्च अदालतको निर्णय प्रति बिरोध जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस